ओमप्रकाश गुप्ता
दाङको राप्ती क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको एक सय मिटर वरपर कोल्ड ड्रिङ्स तथा जंक फुड जस्ता वस्तु बिक्री वितरणमा रोक लगाइएको छ ।
राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार एक सुचना जारी गरि यस्तो जानकारी गराएको हो ।
गत असार १९ गतेको कार्यपालिका बैठकबाट गाउँपालिकाभित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतले सार्वजनिक कार्यक्रमहरूमा सो वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णयको कार्यान्वयनका लागि शिक्षा शाखाले सो निर्देशन जारी गरेको हो ।
त्यस्तै विद्यालयमा प्लाष्टिकका फुल, खादा आदि तथा कोल्ड ड्रिङ्स,जंक फुडहरुको प्रयोग नगर्ने नगराउने र पलाष्टिकजन्य वस्तुको सट्टा स्थानीयस्तरमा उत्पादन भएका फुल तथा पुष्पजन्य वस्तुहरुको प्रयोग गर्ने तथा कोल्ड ड्रिड्सको सट्टा स्थानीयस्तरमा उत्पादन हुने दुधजन्य परिकारहरु ९ दुध, दहि, महि, लसी, पनिर लगायत० जंक फुडको सट्टा स्थानीय स्तरमा उत्पादन फलफूल, अन्न धान, मकै, गहुँ आदी० अण्डा, तरकारी तथा दलहन ९ सागसब्जी, गोभि, काउली, आलु, केराउ, चना, आदी० बाट बन्ने खाना तथा खाजाका परिकारहरुलाई प्रोत्साहन गर्ने र विद्यालयमा सञ्चालित क्यान्टिनहरुमा समेत सोही अनुसारका खाना तथा खाजाहरुको मात्र विक्रि वितरण गर्ने व्यवस्था मिलाउने भनेको छ ।
त्यस्तै गाउँपालिकाको साउन ५ गतेको कार्यपालिका बैठकले गाउँपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयको पूर्व प्राथमिक कक्षामा अध्ययनरत बालबालिकाहरु विद्यालय आउँदा वा विद्यालयबाट घर फर्कदा गहौ झोला बोक्ने गरेको देखिएकोले त्यस प्रकारको गहौ झोला बोक्दा बालबालिकाहरुको वृद्धि र विकासका साथै टाउको तथा हड्डीमा समेत नकरात्मक असर पर्ने देखिएकोले अव उप्रान्त त्यस प्रकार गहौ झोला नबोक्ने गरी व्यवस्था मिलाउन विद्यालयलाई निर्देशन गर्ने र विद्यालय मार्फत अभिभावकलाई जानकारी गराउने शाखा प्रमुख विश्वास विकले जारी गरेको सुचनामा उल्लेख छ ।