तुलसीपुर उपमहानगरले मनायो ४३ औं विश्व पर्यटन दिवश



No description available.

तुलसीपुर उपमहानगरले आज ४३ औं विश्व पर्यटन दिवश मनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा ‘पर्यटन बारे पुनर्विचार’ ‘सबैका लागि पर्यटन, पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्राबधान’ भन्ने नाराका साथ दिवश मनाईएको हो ।

No description available.

कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतीथी माधब अधिकारीले तुलसीपुर उपमहानगरपालीकालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके नागरीकहरु आर्थीक रुपले सम्पन्न हुने बताए । नागरीकहरुको आर्थीक पाटोमा सुधार ल्याउँनका लागि,मानीस उधमशिल हुनका लागि यँहाको लोक परम्परा तथा पर्यटकिय क्षेत्रको विकास गर्न आवश्यक रहेको उँहाको भनाई थियो ।

No description available.

सो अवसरमा तुलसीपुर उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने वातावरण निमाणर् गर्नुपर्ने बताउनुभयो । उहाँले बिशेष गरेर आन्तरिक पर्यटकलाई स्वदेशमै रोजगार दिन र बाह्य पर्यटकलाई भित्र्याउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

No description available.
पर्यटकीय स्थलले कुनै पनि ठाउँलाई चिनाउने मात्र नभएर त्यहाँको व्यापार व्यावसायमा पनि वृद्धि गर्ने बताउनुभयो । त्यस अबसरमा प्राध्यापक डाक्टर गोबिन्द आचार्यले पर्यटकीय क्षेत्रलाई संरक्षण गरेर आफ्नो ठाउँलाई नमुना बनाउनुपर्ने बताउनुभयो ।

No description available.
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले तुलसीपुरका बिभिन्न ठाउँहरु पर्यटकीय हिसाबले अत्यन्तै राम्रो भएकाले यिनको संरक्षण, प्रचार प्रसार गर्न आवश्यक रहेको बताएका छन् । कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष राम बहादुर जी.सी., सस्ंकृतीविद एंव नगर स्तरीय पर्यटन तथा सस्ंकृती प्रवद्धन समितीका सल्लाहकार हिमलाल पन्थी, नगर क्षेत्र अन्र्तगत पर्यटन विज्ञता शोभाकर सापकोटा तुलसीपुर उधौग बाणिज्य संघका राम प्रशाद चालीसे लगाएतले बोलेका थिए ।

No description available.

 

No description available.
त्यस अबसरमा बिभिन्न समुहको लोक संस्कृती गीत, नृत्य प्रश्तुत गरिएको थियो । जसअन्र्तगत गणेशपुर होमस्टे समुह प्रथम, हाम्रो पहँुच सेकेनडरी स्कुल द्धितीय र एकता युवा कल्वको सख्या नाच तृत्य भएका थिय । प्रथम हुनेलाई सम्मान स्वरुप प्रमाण पत्र सहित १० हजार , द्धितीय हुनेलाई ७ हजार र प्रमाण पत्र र तृतीय हुनेलाई ५ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

No description available.

No description available.
तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा नेपाल संस्कृत विश्व विद्यालयका सल्लाहकार माधब अधिकारीको प्रमुख आतिथ्यता एवं उपप्रमुख स्यानी चौधरी बिशिष्ट आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण सुचना अधिकृत झरेन्द्र खरेल र नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले गर्नु भएको हो ।

 

 

 

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्