थारु लोक परम्परा नेपालीहरुको गौरव र पहिचान हो ःपाण्डे



No description available.

ग्रीन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले थारु लोक परम्पराको जगेर्ना भनेको नेपालीहरुको गौरव र पहिचान भएको बताउँनुभएको छ । ग्रीन फाउण्डेसन नेपालले तुलसीपुर ८ वटोलपुरमा आज शनीवार आयोजना गरेको प्रकृती,सस्ंकृती र समृद्धि सम्वन्धि अन्र्तक्रिया तथा दशैँ मिलन कार्यक्रममा कार्यक्रमका प्रमुख अतीथी समेत रहेका पाण्डेले थारु सस्ंकृतीलाई लोप हुन नदिई यसलाई विकास गरी प्रकृती, सस्ंकृती र समृद्धिलाई संगसंगै लगी थारु समुदायको पहिचानलाई जोगाउँन आवश्यक रहेको कुरा बताउँनुभयो । थारु समुदायको गरीवी, भोकमरी, पछौटेपनमा रहेर सस्ंकृती नवच्ने भन्दै प्रकृती र संस्कृतीलाई समृद्धिको बाटोमा लग्न जरुरी रहेको उहाँको भनाई थियो । थारु समुदायहरु ऋव उधमी बन्नका लागि परम्परागत सिपलाई बाहिर ल्याउँनुपर्ने भन्दै यसका लागि आफनो तर्फबाट सधैँ साथ र सहयोग रहने बताउँनुभयो ।

No description available.

कार्यक्रममा तुलसीपुर उपमहानगरपालीकाका उपप्रमुख स्यानी चौधरीले थारु समुदायहरु ऋनपढका कारण पछाडी परेको भन्दै अवका छोराछोरीलाई हरेक कार्यमा अग्रसर गराउँन शिक्षा दिनुपर्ने बताउँनुभयो । पुर्खाहरु नपढेकै कारण हरेक अवसर बाट पछि परेको भन्दै छोराछोरीलाई भेदभाव रहित शिक्षा दिन आग्रह गर्नुभयो ।

No description available.
कार्यक्रममा पूर्व राष्ट्रिय सभासद कोमल वलीले थारु समुदायको प्राविधिक, सांस्कृतीक चिजहरुलाई अन्र्तराष्टियरण गर्न आवश्यक रहेको बताउँनुभयो । घरभित्र सीमीत रहन नदिई थारु सास्ंकृतीक चिजविजहरुलाई बजारीकरण गर्न पनी थारु समुदाय अग्रसर भई लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य धमकली चौधरीले दाङ जिल्ला थारुहरुको उद्गम थलो भएपनि अझै पनि बाहिर आउँन नसकेको प्रती दुःख ब्यक्त गर्नुभयो । कामकाज मात्र नभई अव थारुहरु आफनै सिपलाई बाहिर ल्याउँन सके आर्थीक रुपले सम्पन्न हुुन सक्ने ठोकुवा गर्नुभयो ।

No description available.

कार्यक्रममा दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागिराम चौधरी, गैर सरकारी सस्ंथा महासंघ दाङका अध्यक्ष भागिराम चौधरी, सुकदेवाका मटावा जगत चौधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

No description available.
कार्यक्रममा थारु लोक संस्कृती झल्कने थारु नाच प्रश्तुत गरिएको थियो । जसमा दंगीशरण गाउँपालिका वडा न.३ को सख्या पैँया नाच, तुलसीपुर ११ सुकौराको दंगीशरण महिला समुहको हुर्डुंग्या नाच, खलुवाचिस, तुलसीपुर १५ पहरुवा, दंगीशरण ५ लौवस्ता, तुलसीपुर ८ वटोलपुरको मघौटा नाच, तुलसीपुर ११ कटाहाँको मोती महिला समूहको छोक्रा नाच, तुलसीपुर १० बनगैँको ललीता महिला समुहको महोट्या नाच, तुलसीपुर १२ क्वांगीको छोक्रा नाच प्रश्तुत गरीएको थियो । सहभागि टिमलाई पुरस्कार स्वरुप ५÷५ हजार रकम प्रदान गरिएको थियो ।
साथै कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका, दंगीशरण, बबई, शान्तीनगर गाउँपालिकाका मटावा, अगुवाहरुलाई सम्मान गरिएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

तुलसीपुर उपमहानगरपालीका वडा न. ८ का वडा अध्यक्ष धर्मराज वलीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण ग्रीन फाउण्डेसन नेपालका कोषाध्यक्ष खुम प्रशाद भण्डारी र नेपाल पत्रकार महासंघ दाङका सह – सचिव दिप्तीशिखा चौधरीले गरेका थिए । यस्तै सुर्यौदय ढकिया समुहकी अध्यक्ष शर्मा चौधरीले धन्यवाद ज्ञापन गरेकि थिईन् ।

No description available.

No description available.
ग्रीन फाउण्डेसन नेपालका सचिव शुरेस रावतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । तुलसीपुर उपमहानगरपालीका वडा न. ८ , पारीवारीक निजी वन संघ नेपाल र वटोलपुर होमस्टे को ब्यवस्थानमा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्