हरेक नागरीकहरुको समस्या बुझ्न नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र न। ३ का उम्मेद्धार कोमल वली हेरक नागरीकहरुको घरघरमा पुगेकि छिन् । घरदैलो अभियानमा हिडेकि कोमल वली नागरीकहरुको समस्यालाई नजीकबाट नियाल्नका लागि घरमै पुग्ने गरेकि हुन् । उनी जादा गाउँका नागरीक खुसी हुन्छन् । गाउँ दुरदराजका नागरीकहरुको समस्या सबैको उस्तै छ । भन्छन् – “हाम्रो समस्या पक्की बाटो हो । अनी खानेपानी, किसानका लागि मलजल सिचाँई, बिरामी हुँदा औषधि । यी समस्या छिट्टै समाधान भए हामी खुसी हुनेथियौँ ।” उम्मेद्धार वली नागरीकहरुको समस्या अक्षरस पालना गरि योजना बनाई काम गर्ने प्रतिवद्धता जनाउँछिन् ।
आज घरदैलोका क्रममा दंगीशरण ४ सुकदेवा, मौली, सलौरामा पुगेकि कोमल वलीलाई देखेपछि त्यँहाका महिलाहरु खुसी हुदैँै भने – “हामी तपाई को गित मात्र सुन्थीम आज मान्छे पनि देखिम, तपाई हाम्रो गाउँघरमा आउँनुभयो खुसी लाग्यो । हाम्रो माग पुरा गर्न यो पटक तपाईलाई भोट दिन्छम् । तपाई हाम्रो नेता हुनुपर्छ । ”
हरेक गाउँमा जादा पनि कोमल प्रती गर्ने ब्यवहार फरक देखिन्छ । उनीहरुको अनुहारमा खुसी देखिन्छ । हाम्रो घरमा आईपुग्नु भयो भन्दै पाहुना मान्दै सम्मान सत्कार गर्न थाल्छन् ।
कोमल वली आफनो गाउँमा आएको खवर सुनेपछि गाउँ नै जुरुक्क उठेर कार्यक्रम स्थलमा आईपुग्छन् । यसले गर्दा पश्चिम दाङमा मंसीर ४ को चुनावमा कोमल वलीको जित पक्का भएको देख्न सकिन्छ ।