घाेराहिमा बित्तिय तथा व्यवसायिक साक्षरता तालिम सम्पन्न



ग्रामीण महिला उत्थान केन्द्र दाङकाे आयाेजनामा घोराही उपमहानगरपालिका १६सर्रामा एक दिने बित्तिय तथा ब्यावसायिक साक्षरता तालिम सम्पन्न गरेको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रर्बद्धन गरेको आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि।घोराही शाखाद्धारा गठन भएको मोति महिला उत्थान केन्द्र समुहमा उक्त तालिम संचालन गरिएको हो ।
ग्रामीण बस्तीका महिलाहरुलाई आर्थिक रुपमा शसक्त गराई उद्यमी बनाउनका लागी बित्तिय तथा ब्यावसायिक ज्ञान निक्कै महत्वपुर्ण र आवश्यक देखिएको हुदा ग्रामीण महिला उत्थान केन्द्र दाङ र आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.ले बर्षेनी समुदायस्तरमा यो तालिम संचालन गर्दै आएको  आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.केन्द्रिय कार्यालयका आन्तरिक लेखा परिक्षक पुरन अधिकारीले बताउनुभयाे ।
तालिम पश्चात महिला दिदिबहिनीहरुले आफुहरुलाई ब्यासायिक बन्नका लागी आफनो पेशा सँग जोडिएका अन्य तालिमहरुको समेत माग गर्दै आउनुभएको छ। आजको तालिममा समुहमा आवद्ध २५जना उद्यमी महिला सदस्यहरुको महत्वपुर्ण सहभागिता रहेको ग्रामीण महिला उत्थान केन्द्र दाङका माधवा पोख्रेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्