रुकुम सिस्ने गाउँपालिका(४ काँडास्थित जंगलमा वेवारिसे अवस्थामा रहेको ५ थान भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार