निरला अर्याल
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरको २३ औं साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रम आज तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रममा कार्यक्रमका प्रमुख अतीथी नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति यादव प्रसाद लामिछानेले समाज परिवर्तनको प्रमुख संवाहक साहित्य भएको बताउनु भएको छ ।साहित्य ले समाजको चित्रण गर्ने भएकाले साहित्यकार तथा स्रष्टाहरूलाई पनि राज्यले उत्तीकै सम्मानको दृष्टिले हेर्न जरुरी रहेको बताउँनुभयो ।
“साहित्य जीवनको अभिन्न पाटो हो ,समाजको हरेक गतिविधिहरुलाई साहित्यिक रचनाबाट परिवर्तन गर्न सहज हुन्छ तर साहित्यलाई राज्यले प्रोत्साहान गरेको छैन यो दुखद कुरा हो । प्रमुख अतिथि लामिछानेले भन्नुभयो । समय सापेक्ष समाजलाई विविध क्षेत्र बाट अगाडी बढाउन साहित्यको आवश्यकता रहेको भन्दै राम्रा गतिविधि हरुको ओकालत तथा गलत प्रवृत्तीको खबरदारी गर्ने कुरालाई मध्यनजर गर्दै साहित्यीक गतिविधिलाई स्थानीय सरकारले समेट्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
समे अवसरमा विशिष्ट अतिथि साहित्यकार खगराज न्यौपानेले देशमा राणा शासनको विरुद्ध पनि विभिन्न स्रष्टा हरुले साहित्यको बिगुल फुक्ने गरेको बताउनु भयो । कार्यक्रममा साहित्यकार काशीनाथ न्यौपाने, मेघलाल केसी, जोशिमा कँडेल, इलाम जिल्लाका साहित्यकार एकल गोगने अर्जुन कुमार न्यौपाने ,, नवराज रजौरे, रामहरी रिजाल, भवानी न्यौपाने भावना, सुनसरी का साहित्यकार देवी प्याकुरेल, काठमाडौँ का साहित्यकार डा काशीनाथ न्यौपाने, हिरामणि दुखी, अर्जुन पौंडेल , इन्द्र केसी लगायतकाले आफ्नो रचना वाचन गर्नुभएको थियो ।
साृ अवसरमा साहित्यकार मेगलाल आत्रेय केसी को सुपुस्पका विज पुस्तकूू विमोचन गरिएको थियो । पुस्तकको समीक्षा श्रीधर शर्माले गर्नु भएको थियो । कार्यक्रम मा २३ जना स्रष्टाहरूलाई सम्मान गरिएको थियो । प्रतीष्ठानको प्रगति प्रतिवेदन डिल्ली रेग्मी तथा आर्थिक प्रतिवेदन श्रीधर शर्माले प्रश्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार तिलक न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रमको शहजीकरण शेशमनी रिजाल ले गर्नु भएको थियो । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष्य डिल्लीराज गौतम श्रीधरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।