दाङमा श्रीमतीले गरेको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् । उनकको श्रीमती५५ वर्षीय केशरादेवी दमाइको बन्चरो प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आज बिहीवार बिहान ९ बजे घरायसी विवादका कारण श्रीमतीले टाउकोमा बन्चरो प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको बताएको छ । प्रहरीले बन्चरो प्रहार गर्ने श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार