प्रारम्भीक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि क्षमता अभिबृद्धि तालीम



No description available.

प्रारम्भीक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि ५ दिने क्षमता अभिबृद्धि तालीम आज दंगीशरण गाउँपालिमा सम्पन्न भएको छ । बालविकास शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले तालीम संचालन गरिएको हो ।

तालीममा सहभागिहरुले यो आफुहरुका लागि नौलो तालीम भएकाले उपयोगी भएकोे बताएका थिए । तालीमबाट नयाँ कुरा सिकेको भन्दै सिकेका कुराहरुलाई ब्यवहारमा उतार्ने बताए । शिक्षण सिकाईमा कितावको विषयवस्तु भन्दा पनी बाहिरी ज्ञानबाट विधार्थीहरुको क्षमता अभिबृद्धि हुने बताए ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा तालीम समापन गरिएको थियो ।

No description available.

सो अवसरमा अध्यक्ष शम्भु गिरीले शिक्षकहरुलाई आफूले सिकेका सीप कक्षा कोठामा प्रयोग गर्न आग्रह गर्नुभयो ।

वडा न. ६ का वडा अध्यक्ष्य तथा सामाजिक विकास समिति संयोजक रोशनजंग शाहले विद्यालय शिक्षा सुधारका लागि आफू लागि पर्ने बताउँदै अध्यक्ष गिरीले शिक्षकलाई समय अनुशारको यि यस्ता तालिमहरु दिएर समग्र गाऊपालिकाको शिक्षा सस्थागत सरह अब्बल बनाऊने लक्ष्य लिएको बताऊनु भयो ।

सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत निमराज भट्राई, शिक्षा शाखा प्रमेख विनोद अधिकारी लगाएतले आ आफनो धारणा राखेका थिए ।

No description available.

तालीममा सामुदायिक विद्यालयका बालविकास अन्र्तगतका शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको प्रशिक्षकमा मारिया इन्टरनेसनल मन्टेश्वरीकी दिप्ती राना रहनु भएको थियो ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्