एमालेकाे लुम्बिनी प्रदेश अधिबेशन:दश वटा पालीकाबाट १ सय ३१ प्रतीनिधि छनौट

अधिबेशनलाई सफल बनाउँन नेता कार्यकर्तालाई कोमल वलीको निर्देशन


No description available.

यहि भदौ १६ र १७ गते बुटवलमा सम्पन्न हुन लागेको नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिबेशनकालागि नेकपा एमालेले तयारी गरिरहेको छ । आज दाङ जिल्लाका दश वटै पालिकामा पालीका प्रतीनिधि छनौट गरिएको छ । यसैक्रममा दंगीशरण गाउँपालिकाले प्रतीनिधि छनौट गरेको छ । जसमा महिला तर्फ सिमा न्यौपाने, धमकली चौधरी, खुल्ला तर्फ दुष्यन्त चौधरी, विनोद राणा र दलीत यूवा तर्फ चक्र मिलन विश्वकर्मा गरी ५ जना प्रतीनिधि छनौट भएका हुन ।

No description available.

सो अवसरमा कार्यक्रमका प्रमुख अतीथि तथा नेकपा एमाले केन्द्रिय सदस्य कोमल वलीले प्रथम प्रदेश अधिबेशनलाई सफल पार्नका लागि लाग्न नेता कार्यकर्ता निर्देशन दिनुभयो । ईमान्दार र निष्ठा पुर्वक पार्टिलाई बलीयो बनाउँन तर्फ लाग्न आग्रह गर्नुभयो । यो वर्षलाई अधिबेसनको रुपमा मनाउँनका लागि अधिबेशनलाई सफल बनाउँनका लागी पार्टिलाई शुद्धीकरण गर्नमा लागी ग्रासरुट कार्यक्रम , सुद्धिकरण कार्यक्रम संचालन गरेको उेहाँले बताउँनुभयो । ५ सय भन्दा बढि सदस्य संख्या रहेको यस दंगीशरणका हरेक नेता कार्यकर्ताले जिम्मेवारपुर्वक पार्टिको हितका लागि काम गर्नुपर्ने बताउँनुभयो । सबै कार्यकर्ताले अधिबेसन सफल बनाउँन सामाजीक संजालमा हरेक गतीविधिहरु राखेर प्रचार प्रसारमा लाग्न उहाँले निर्देशन दिनुभयो ।

No description available.
दंगीशरण गाउँपालिका पार्टि अध्यक्ष रेसम वलीको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण सचिव श्रीप्रशाद चौधरीले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य भागीराम चौधरी, एम.एन शाह, निवर्तमान अध्यक्ष भरत अधिकारी  लगाएत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

No description available.

नेकपा एमाले लुम्बिनी प्रदेशको भदौ १६ र १७ गते हुन लागेको प्रथम अधिवेशनको लागि आज सनिवार दाङका दश वटै पालिकामा सर्वसमत प्रतिनिधि छनौटको काम भएको हो । जसअन्र्तगत घोराही उपमहानगरपालिका – ४३, तुलसीपुर उपमहानगरपालिका –४१ , लमही नगरपालिका –७, राप्ती गाउँपालिका – ७, बबई गाउँपालिका –९, गढवा गाउँपालिका –६, राजपुर गाउँपालिका –४, बंगलाचुली गाउँपालिका –४ र शान्तिनगर गाउँपालिका – ५ जना छनौट भएका छन । दाङ का दश वटा पालीकाबाट १ सय ३१ जना प्रतीनिधि सर्वसम्मत रुपमा छनौट भएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्