दाङकि शारदाले बिदेश बाटै पस्किईन गाउदिन भन्छु तिज गित भिडियो



तुल्सीराम वली

बिदेशी भुमीलाई कर्मथलो बनाएर नेपाली लोक संस्कृतिलाई निरन्तरता दिदै आएकी शारदाको तिज गित बजारमा आएको छ । नेपाली महीलाहरुको महान पर्व हरीतालीका तिजको अवसर पारेर तिज गित बजारमा ल्याउदै आएकी शारदाले यस वर्ष पनि तिज गित सार्वजनिक गर्न सफल हुनुभएको छ ।

पुर्व सञ्चारकर्मी समेत रहेकी शारदा धितालले यस बर्ष गाउदिन भन्छु तिजको भाका बोलको गित सार्वजनिक गर्नुभएको छ। माया प्रेमको कथा बस्तु समेटीएको उक्त गितमा उमेरमै रमाईलो गर्नुपर्छ भन्ने सन्देश दिन खोजीएको छ ।

पछिल्लो समय अमेरीकालाई कर्मथलो बनाएकी गायिका धितालले २०७३ सालदेखी हरेक बर्ष तिज गित बजारमा ल्याउदै आउनुभएको छ भने अन्य गितहरु पनि बजारमा आई सकेका छन् ।

यस बर्ष भर्खरै सार्बजनिक गरीएको गाउदिन भन्छु तिजको भाका बोलको गितमा स्वर धितालको एकल रहेको छ भने शब्द र लय पनि शारदाकै छ । साहित्य बिधामा पनि अब्बल मानीएकी धिताल बिदेशी भुमीमा रहेर पनि बिभिन्न नेपाली संघसंस्थामा जोडीएर समाज सेवामा पनि सक्रिएताका साथ लाग्नुभएको छ ।

शारदाको भर्खरै सार्बजनिक गरीएको गित अमेरीकामै रेर्कट गरीएको हो भने गितको संगित केशब पौडेल र एरेन्ज बिपिन आचार्यको रहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्