सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन तुलसीपुर उपमहानगरको निर्देशन



तुलसीपुर उपमहानगरपालिकाकै जग्गा अतिक्रमणको चपेटामा – Upahar Khabar

तुलसीपुर उपमहानगरपालिकाले सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले १५ दिनभित्रै सडकको क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको हो ।

१५ दिनभित्र अतिक्रमीत संरचना हटाउन अटेर गरेमा पालिकाले आफ्नो स्रोत साधन प्रयोग गरी हटाउने जनाएको छ । ति अतिक्रमीत संरचना हटाउँदा लाग्ने खर्च समेत सार्वजनिक सडक ऐन २०३१ को दफा १३ ९३० र दफा २१ अनुसार सम्बन्धित व्यक्तिबाट असुल उपर गरिने उपमहानगरपालिकाले चेतावनी दिएको छ ।

उपमहानरले सडक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन मंगलबार सार्वजनिक सुचना जारी गरेको हो । उपमहानगरपालिकाको १६ औं नगरकार्यपालिकाको गत मंसिर २१ गतेको निणर्यअनुसार तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रमा सडकको सिमा अतिक्रमण गरि निर्माण गरिएका ट्रष्ट, सिढीं, पाली, टहरा, पर्खाल, पेटी, भर्याङग लगाएतका संरचनाहरु र राखेको सामाग्रीहरु हटाउन सूचनामा भनेको छ ।

पालिकाले यसअघि पनि अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको थियो । यो सूचना निकालेको दोस्रो पटक रहेको छ ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्