तुलसीपुर महोत्सव २०८० को तयारी पुरा



No description available.

तुलसीपुर महोत्सव २०८० को तयारी पुरा भएको छ । आज मंगलबार तुलसीपुरमा आयोजित पत्रकार संम्मेलनमा मेलाको तयारी पुरा भएको मूल आयोजक समितिले जनाएको छ ।

महोत्सव बाट संकलन भएको रकम सामाजिक कार्यमा लगाउने तुलसीपुर उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष तथा तुलसीपुर मूल आयोजक समितिका संयोजक राम प्रसाद चालीसे बताउनुभयो । मेलामा संकलन भएको रकमले उद्योग वाणिज्य संघको सभाहलको मर्मत, मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्ने, सुस्त श्रवण भएका विद्यार्थीहरुको लागि अक्षकोष स्थापना गर्ने, लिफ्ट सहितको दमकल खरिदका लागि स्थानिय पालिकालाई सहयोग गर्ने उद्देश्य रहेको चालीसेले पत्रकार संम्मेलनमा जानकारी गराउनुभयो ।

यस्तै ब्यापारिक महोत्सव सबैले लगाउन पाउनु पर्ने कुनै दुईमत नरहेकोमा जोड दिनुभयो । व्यापारिक महोत्सव सबैले लगाउन पाउनुपर्छ तर माघ १५ पछि लगाउन मिल्ले उहाँको भनाई छ ।

स्थानीय वस्तु प्रबद्र्धन समृद्धि नेपाल निर्माण हाम्रो अभियान भन्ने मुल नराका साथ तुलसीपुर महोत्सव २०८० माघ २४ गत अर्थात भोलीदेखि फागुन ९ गते सम्म सन्चालन हुने भएको छ ।

संघका उपाध्यक्ष रुप बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रेस सल्लाहाकार शरद रेग्मिले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्