घोराही १२ मा आयोडिन सचेतना कार्यक्रम सम्पन्न



No description available.

आयोडिनका बारेमा जानकारी दिन घोराही उपमहानगरपालिकाको वडा नंं १२ निघुवारमा कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष दोर्ण बहकरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
घोराही उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले संयोजन गरेको कार्यक्रममा साल्ट टे«निङ घोराही शाखाले कार्यक्रममा सहभागि सवैलाई नुन र सन्देश सहितको झोला साथै टिसर्ट वितरण गरेको थियो । कार्यक्रममा साल्ट टे«निङ कर्पोरेसन घोराहीका प्रमुख रामबावु गुप्ताले आयोडिनका लागि आयोनुन प्रयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले ढिके नुनमा आयोडिन हुने भएपनि त्यसमा हुने आयोडिन उडेर जाने र पखाल्दा जाने भएकाले ढीके नुन नखान आग्रह गर्नुभयो ।

पछिल्लो समय कुल नुनको खपतमध्य ८० प्रतिशत दुई बालवालिकाको चिन्ह भएको आयोनुन र २० प्रतिशत ढीके नुन प्रयोग भइरहेको भन्दै गुप्ताले गाई बस्तुलाई पनि आयोनुन खुवाउन सुझाव दिनुभयो । उहाँले जन्मेदेखि नमरुञ्जेलसम्म चाहिने आयोडिनका लागि आयोनुन नै सवैभन्दा राम्रो भएको बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख नारायण घर्तीले अझै पनि कतिपयले ढिके नुन खाने गरेको पाइएकाले सचेतनाको कार्यक्रम संचालन गरिएको बताउनुभयो । उहाँले गाउँघरमा अहिले पनि ढीके नुन प्रयोग भइरहेको भन्दै कतिपयले भ्रमबस ढीकेनुन खान थालेको पाइएको भन्दै आयोनुन बढी खाएर केही फरक नपर्ने बताउनुभयो । उहाँले शरिरमा आयोडिन कम भएमा बेफाइदा हुने भन्दै बढी भएमा पिसाव र पसिनाका माध्यमबाट बाहिर जाने उल्लेख गर्नुभयो ।

No description available.
कार्यक्रममा उप प्रमुख डिसीले घोराही उपहानगरपालिकाका केही गाउँघरमा अहिले पनि ढीके नुनको प्रयोग भइरहेको भन्दै ढिके नुन प्रयोग नगर्न आग्रह गर्नुभयो । उहाँले पहिले गलगाँड भएका मानिसहरु देखिने गरेकोमा अहिले त्यस्तो देखिन छोडेको उल्लेख गर्नुभयो । पहिले आयोनुन नखाँदा बच्चा जन्मदै लाटो हुने, पुड्को हुने, शारिरीक रुपमा अशक्त हुने गरेको भएपनि अहिले त्यस्तो कमी आएको बताउनुभयो ।
वडाध्यक्ष बहकरीले वडा नंं १२ मा आयोनुन प्रयोग गर्ने बारेमा अभियान चलाउने बताउनुभयो । उहाँले सवै वडाबासीलाई ढिकेनुन प्रयोग गर्नु हुँदैन भन्ने सचेतना दिनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमको संचालन हापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका तुलसी गिरीले गर्नुभएको थियो । निघुवार र बेलनिया टोलको बीचमा पर्ने चौतारीमा आयोजना गरिएको कार्यक्रममा करिव एक सय गाउँलेहरुको उपस्थिति थियो । सवैलाई एक देखि दुई पोखा नुन वितरण गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्