अन्तर्राष्ट्रिय महिला दिवसमा विभिन्न क्षेत्रका १७ जना महिला श्रमिक सम्मानित



तुलसीपुर उपमहानगरपालिकाले १ सय १४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वभिन्न  क्षेत्रमा कर्म गरिरहेका महिला श्रमिकहरुलाइ सम्मान गरेकाे छ । दिवसका अवसरमा  १७ जना महिला श्रमिकहरुलाई सम्मान गरेको हाे ।महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनीका साथ बुधबार आयोजना गरिएको कार्यक्रममा नौमती बाजा संरक्षणमा जुटेको तुलसीपुर ४ मजुवास्थित जनचेतना आमा समुहका नौ जना महिला सहित तीन जना छाला जुत्ता सिलाउने पेशामा संलग्न तीन वटा विधामा श्रम गरिरहेका महिलाहरुलाई सम्मान गरिएको हो । यस्तै पत्रकारिता क्षेत्रमा  क्रियाशिल पाँच जना पत्रकार महिलाहरुलाइ सम्मान गरिएको थियाे ।पुरुष सरह महिलाहरुले पनि उत्तिकै श्रम गरेर आफ्नो परिवार चलाउन सक्षम भएको भन्दै उनीहरुको प्रोत्साहान स्वरुप सम्मान गरिएको तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले जनाएको छ ।सम्मान ग्रहण पश्चात बोल्दै नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले उपमहानगरपालिकाले  वर्षाेै   देखि पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणका लागि खेलेको भूमिकाको कदर गर्देै सम्मान गरेकाे भन्दै खुशी व्यक्त गर्नुुभयाे । उहाँले उपमहानगरपालिकाले गरेको सम्मानले पत्रकारिता क्षेत्रबाट महिला लगायत आवाज विहिनहरुको आवाज बाहिर ल्याउन उर्जा थपेको बताउनुभयाे।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर खड्काले दलिय आन्दोलनसहित हरेक क्षेत्रको हरेक कार्य सफल बनाउन महिलाहरुको अहम भूमिका रहेको बताउनुभयाे । उहाले राजनीतिक क्षेत्रमा एसियाका देश मध्ये ३३ प्रतिशत महिला सहभागीता गराउने नेपाल पहिलो देश भएको बताउनुभयाे । साथै उहाले नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै भएको बताउँदै महिलाहरुको संख्याको आधारमा सहभागीता हुनु पर्ने बताउनुभयाे ।

लैंगिक विभेद, जातिय, सामाजिक, राजनीति लगायत समाज रुपान्तरणको क्षेत्रमा महिलाहरुको उत्तिकै सहभागीता हुनु पर्नेमा जोड दिदै मेयर खड्काले महिला शशक्तिकरणका लागि उपमहानगरपालिकाले सहयोग गर्ने  बताउनुभयाे।

कार्यक्रममा बोल्दै न्युसिपिसीका अध्यक्ष नवराज लामिछानेले महिला अधिकार सुनिश्चित नहुँदासम्म बालबालिकाको अधिकार शुनिश्चित नहुँने बताउदै समाज लगायत देशका ठुला ठुला परिवर्तनमा पुषको भन्दा महिलाहरुको योगदान बढी भएको भन्दै प्रशंसा गर्नुभयाे ।

कार्यक्रममा जर्मनी नागरिक बोबराले नेपालमा आएको समयमा महिलाहरुको कार्यक्रममा सहभागी हुने अवसर पाएको भन्दै खुशी व्यक्त गर्नुभयाे । जर्मनीमा पनि महिला दिवस मनाउने गरेको भन्दै आफ्नो घरमा जन्मिने रहेक छोरीलाई सम्मान गर्नु पर्ने बताउनुभयाे।

कार्यक्रममा नागरिक समाज दाङका पूर्व अध्यक्ष टिकाराम रेग्मीले पहिलेको तुलनामा समाजमा महिला लगायत जातिय विभेद कम हुँदै गएको बताउनुभयाे ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता तथा मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं न्युसिपिसीका अध्यक्ष नवराज लामिछानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना, सम्बाद समूह तुलसीपुर,दलित महिला संघ दाङ, नवजागरण महिला तथा बाल संरक्षण केन्द्र दाङ र सृजना महिला वचत तथा ऋण सहकारी संस्थाको साझेदारी र विभिन्न एक दर्जन बढी संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको थियो ।

फेडो दाङका अध्यक्ष युवा कराराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विषय प्रवेश अधिकारकर्मी शुष्मा लामिछाने गिरीले गर्नुभएकाे थियाे । सामाजिक विकास समितिका सदस्य बसन्ता केसीले धन्यवाद गरेको कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नु  भएको  थियाे।

कार्यक्रम हुनु पूर्व बाजागाजा सहित महिलाहरुको टोलीले तुलसीपुर बजार परिक्रमा गरेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्