तुलसीपुर उमनपाका प्रमुख प्रशासकिय अधिकृतले गरे पत्रकारलाई दुर्व्यवहार




तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले सुचना माग गर्न पुगेका पत्रकारलाई दुर्व्यवहार गरेका छन् ।

दमकल मर्मतको खर्च विवरण माग्न पुगेका रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलसहितका पत्रकारलाई प्रमुख प्रशासकिय अधिकृत डाँगीले दुव्र्यवहार गरेका हुन् ।

सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ को उपदफा (१) बमोजिम तुलसीपुर उपमहानगरपालिकाको दमकल मर्मतको खर्च विवरण माग गर्न पुगेका पत्रकार पौडेललाई प्रमुख प्रशासकिय अधिकृत डाँगीले यस्तो समाचार किन लेख्नुहुन्छ ? राम्रो कुराको मात्रै समाचार लेख्नुस् भन्दै सुचना दिन अटेरी गरेका छन् । ‘पत्रकार कतिलाई सुचना दिने ? यस्ता कति आउँछन् कति माग्न त ?’ भन्दै सुचना नदिने ठाडो जवाफ दिएका छन् ।

सुचना माग सम्बन्धि निवेदन बुझेर सम्बन्धित शाखालाई तोक आदेश गर्नुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत डाँगीले त्यसो नगरेको पत्रकार पौडेलले बताए । दमकल मर्मतमा ठुलो रकम खर्च भएपनि सेवा प्रभावकारी बनाउन नसकेको नागरिकको गुनासो छ ।

स्रोतका अनुसार मर्मतका नाममा लाखौँ खर्च भइसकेको छ । पछिल्लो पटक शान्तिनगरमा आगो नियन्त्रणका लागि पुगेको दमकल बिग्रिएको थियो ।

शान्तिनगरमा बिग्रेको दमकल ९ दिनपछि उपमहानगरपालिका ल्याएको स्रोतले बताएको छ । तर मर्मतमा कति रकम खर्च भएको भन्ने खर्च बिवरण दिन आनाकानी गरिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्