दाङमा दुई महिलाको हत्या भएको छ। शनिबार अपरान्ह घोराही उपमहानगरपालिका वडा नम्बर १० पहेलपारमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
दाङ प्रहरीका अनुसार महिलाको हत्या भएको र हत्यामा संलग्नहरूको खोजी कार्य जारी रहेको जनाएको छ । दाङ प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार प्रहरी घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ। थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार