नेपाली चलचत्रिका नायक निखिल उप्रेतीले कुनै ठाउँको पर्यटनको विकास गर्नकालागि चलचित्र छायांकन हुनुपर्ने बताउँनुभएको छ । चलचित्र नै पर्यटन प्रबद्र्धनको शसक्त माध्यम रहेको भन्दै दाङ जिल्लामा कुन–कुन ठाउँमा चलचित्र छायांकन गर्न सकिन्छ, भनेर डकुमेन्ट्रि समेत निर्माण नहुँदा छायांकनकालागि समस्या हुने गरेको बताउनुभयो ।
चलचित्र पत्रकार संघ दाङले शान्तिनगर ३ सुईकाेटमा आयाेजना गरेको सिनेमा र पर्यटन विषयक संवाद कार्यक्रममा नायक उप्रेतीले यस्तो बताउनुभएको हाे ।
चलचित्र प्रदशन हुँदा पहिलो पटक दाङ आएको स्मरण गर्दै नायक उप्रेतीले यहाँका दर्शकहरुको माया प्रेम अथाह रहेको भन्दै फिल्मी क्षेत्रमा दाङलाई समेट्नुपर्ने बताउँनुभयो । भविष्यमा तपाईले निर्माण गर्ने चलचित्रमा दाङ रोजाईमा पर्ला भन्ने प्रश्नमा नायक उप्रेतीले कथावस्तुमा आधारीत भएमा कुनै कुरा सम्भव नरहेको बताउँनुभयो । नेपालको पहिचान, कला, संस्कृति, सभ्यतालाई चलचित्र मार्फत विश्वसामु चिनाउन सकेमा त्यसले पर्यटकको पनि बृद्धि गर्ने उहाँले बताउँनुभयो । “दाङमै पनि फिल्म छायांकनकालागि राम्रा–राम्रा ठाउँ छन्,अहिलेसम्म पनि त्यस्ता ठाउँमा फिल्म छायांकन गर्न सकिएको छैन । यसलाइृ प्रर्बद्धन गरीनुपर्छ ।”
शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जुन ठाउँमा सास्ंकृतीक संरचना छन् त्यसको प्रबद्र्धनका लागि सधैँ तत्पर रहने बताउँनुभयो । शान्तीनगर गाउँपालिकामा पाँच सय पुरानो खड्काकोट दरवार, त्यहा रहेका भवन भग्नावशेष अवस्थामा रहेको कुँवा, सुन्दरादेवी मन्दिर, छहरा, हारीचार, मठमन्दिर, प्राकृतीक सम्पदाको संरक्षणका लागि आगामि वर्ष देखि वजेट विनीयोजन गरिने बताउँनुभयो । यी क्षेत्रमा चलचित्र छायांकन गर्न सकिने स्थान रहेकाले ति क्षेत्रको प्रचारकालागि पालिकाले सक्दो सहयोग र पहल गरिरहेको बताउँनुभयो । यसकालागि प्रचारप्रसार गरि सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
“सुईकोट मन्दिर जहाँ सैयौँ वर्ष पहिले एक ठुलो ढुंगा थियो सोहि ढुंगा एक जना ब्यक्तिले उठाएर केहि टाढा फालीदिएको तर भोलीपल्ट सोहि ढुंगा त्यहि ठाउँमा नै देखीएकोले केहि धार्मीक विश्वास रहिआएको छ । ” अध्यक्ष बस्नेतले भन्नुभयो । शान्तिनगर ३ सुइकोट पश्मिम दाङको शक्तिपिठ मन्दिरका रुपमा प्रसिद्ध छ । मन्दिरमा नवदुर्गाको अस्टमिको दिन बलि चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक जनबिश्वास छ । सोही सुन्दरादेवी भगवती मन्दिरमा नवदुर्गामा मेला लाग्ने र भक्तजनको गुईचो लाग्ने गर्दछ ।
कार्यक्रममा संस्कृतिविद डा. गोविन्द आचार्यले प्रचारप्रसारको अभाव,सडक पुर्वाधारको अवस्था, स्थानीय सरकारले प्रयाप्त वजेट उपलब्ध गराउँन नसक्नु नै दाङका सास्ंकृतीक सम्पदाहरु ओझेलमा परेको बताउँनुभयो । पालीकाले बनाएका डकुमेन्ट्रि पर्यटन बोर्डसम्म नपुग्नु मुख्य समस्या रहेको बताउँनुभयो ।
चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष कुवेर गिरीले दाङका कालाकारहरु राष्र्टिय स्तरमा धेरै भएपनि यहाँको वस्तुस्थिती ओझेलमा पर्नु दुखद् कुरा भएको बताउँनुभयो । उहाँले कलाकारहरु नै आफनो क्षेत्रको प्रचारप्रसारमा नलागेको भन्दै अवका दिनमा पत्रकारीता मार्फत प्रचारप्रसारमा जुट्नुपर्ने बताउँनुभयो । उहाँले यस ठाउँको वस्तुस्थिती बुझेर आफुले कलम चलाउँने प्रतीबद्धता ब्यक्त गर्नुभयो ।
चलचित्र पत्रकार संघ दाङको आयोजनामा भएको सिनेमा र पर्यटन विषयक संवादको सहजीकरण चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य घुव्रराज न्यौपानेले गर्नुभएको थियो । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।