तुलसीपुर १४ करङ्गा गनारीमा डिप बाेरिङ सञ्चालनमा



सरद शर्मा मजगैँया

तुलसीपुर १४ करङ्गा गनारीमा डिप बाेरिङ सञ्चालनमा ल्याउने काम सम्पन्न भएको छ । बृहत दाङ उपत्यका सिंचाइ आयाेजनाकाे आर्थिक तथा प्राबिधिक सहयोगमा डिप बाेरिङ संचालनमा ल्याइएको हाे ।
सिचाइ बाट बञ्चित भएका किसानहरु लामो समयपछि डिप बोर्डिङ सन्चालनमा आउदा खुसि भएका छन् । “समयमा पानी नपर्दा खेतीपाती गर्न समस्या हुने गर्थ्याे अब पानी नपरेपनि सिचाइ गर्न सहज हुने भयाे ।” स्थानीय हुमबाहादुर बस्नेतले भन्नुभयाे ।

डिप बोर्डिङ सन्चालनमा आएपछि करीब ४० बिगा जगामा चिचाइ हुने उपभोक्ता समितिका सचीव दिलबहादुर वलिले बताउनुभयो । यसबाट करीब १५० घरधुरी लाभान्वित हुनेछन् ।

यस कार्यलाई याेजनामा पार्नेदेखि सम्पन्न गर्दासम्म महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने तत्कालीन कार्यालय प्रमुख राजु आचार्य , बर्तमान कार्यालय प्रमुख बिराट ज्ञवाली ,तथा समाजसेवी लक्ष्मण कुमार शर्मा लगायत सम्पूर्णलाई उपभोक्ता समितिका अध्यक्ष गणेश कुमार बस्नेतले धन्यवाद दिनुभएको छ ।
                                                                   

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्