राष्ट्रिय युवा संघ नेपालले गर्याे पुर्वहापुरेमा बृक्षाराेपण



रामप्रसाद सुवेदी संगम

नेकपा एमाले दाङका अध्यक्ष शिब कुमार आचार्यले युवाहरु बिद्रोह संगै सचेत स्वाभावका हुने बताउनुभएकाे छ। राष्ट्रिय युवा संघ नेपाल बबई गाउँ कमिटीकाे आयाेजनामा शनिवार पुर्वहापुरे सामुदायिक बनकाे प्राङ्गणमा आयाेजित बृक्षाराेपण कार्यक्रममा आचार्यले विद्राेह सचेत पुर्वक हुने हुदा राष्ट्रिय येवा संघलाई सचेत भएर गलत कुराकाे विद्राेह गर्न सक्ने संगठनका रुपमा लिन सकिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका आचार्यले सचेत पुर्वक गरिने विद्राेहले परिवर्तन ल्याउने विस्वास व्यक्त गर्दै नेकपा एमालेले उत्पादन गर्ने युवापङ्ति कृयाशिल, चेतना र सचेतताका बिशेषता भएका युवा हुनपर्ने धारणा राख्नुभयाे ।

कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथोकीले राष्ट्रिय युवा संघ नेपालकाे केन्द्रीय निति अनुसार १ युवा ५ विरुवा कार्यक्रमले बाताबरण सन्तुलनमा टेवा पुर्याएकाे बताउनुभयो । बुढाथोकीले पछिल्लो समय बाताबरणिय सन्तुलन खल्बलिएकाे अवस्थामा युवा संघ नेपालले देशैभर बृक्षाराेपण कार्यक्रम सञ्चालन गरी प्रशंसनीय काम गरेकाे धारणा राख्नुभयाे ।

उपाध्यक्ष बुढाथोकीले राष्ट्रिय युवा संघ राजनितीमा मात्रै नभएर समाज परिवर्तनमा समेत ठुलाे भुमिका खेल्ने जनवर्गीय संगठन भएकाे बताउनुभयो । सम्बृद्द नेपाल सुखि नेपालीकाे सपना साकार पार्न र अस्थिर राजनितीक गठबन्धनलाई पुर्णता दिन केन्द्र देखि प्रदेशसम्म काङ्ग्रेससंग गठवन्धन गरेकाे बताउदै राष्ट्रिय आकाङ्क्षा पुरा गर्न २ ठुला शक्ति १ ठाउँमा उभिन आवश्यक रहेको बताउनुभएको छ।

कार्यक्रममा नेकपा एमाले दाङका उपसचिव भुवनेश्वर पाैंडेल, राष्ट्रिय युवा संघ नेपाल दाङका अध्यक्ष विवेक याेगी लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियाे । कार्यक्रममा एमाले दाङका पदाधिकारी तथा सदस्यहरु नेकपा एमालेका बिभिन्न जनबर्गिय संगठनका केन्द्र देखी स्थानिय तहसम्मका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियाे ।

राष्ट्रिय युवा संघ नेपाल बबईका अध्यक्ष केशब गाहा मगरकाे अध्यक्षतामा सम्पन्न बृक्षाराेपण कार्यक्रममा बिभिन्न प्रजातिका करिव १ सय बढि बिरुवा बृक्षाराेपण गरिएको हाे । कार्यक्रमकाे सहजिकरण नेकपा एमाले बबई ४ का सचिव जिवन वलीले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्