आज असोज १ गतेकाे राशिफल



आज २०८१ साल असोज १ गते मंगलबार । सन् २०२४ सेप्टेम्बर १७ तारिख। भाद्र शुल्क पक्षको चतुर्दशी तिथि।ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल

मेष राशि -आज दिन शुभ रहला ।उन्नति एवं प्रगति होला ।शैक्षिक तथा वैदेशिक कार्य सफल होलान् |

बृष राशि –आज मन प्रसन्न रहला ।रोकिएका कार्य पुनः सुचारु होलान् ।सामाजीक क्षेत्र सफल रहला ।

मिथुन राशि – आज दिन शुभ रहेको छ ।विभिन्न अवसर प्राप्त होला। व्यवसाय तथा भूमिवाट लाभ होला ।

कर्कट राशि – अनावश्यक धन खर्च होला चोटपटकको भय रहला आज सोचे अनुरुप काम बन्ने छैन ।

सिंह राशि -रचनात्मक कार्यमा प्रेरित भैएला ।दिन प्रेमिल रहला ।विपरीत लिङ्गकाे सहयाेग ले कार्यमा सहजता होला।

कन्या राशि -जोस बढेर आउला | आर्थिक सफलता मिल्ला ।साथीभाईकाे सहयाेग ले अफ्ठ्यारा कार्यमा सहजता आउला।

तुला राशि -सामाजीक तथा धार्मिक कार्यमा सहभागी भैएला । आसा मारेका कार्य सम्पादन हुनेछन् ।

बृश्चिक राशि –अनावश्यक यात्रा होला |झमेलामा परिएला । मित्र तथा सन्तान सुख भने प्राप्त होला।

धनु राशि -जीवनमा नयाँ आगामनले मन प्रसन्न रहला । रोकिएका धन प्राप्त होल।

मकर राशि -राेकिएका कार्य पून : सुचारु हाेलान् । अाज तपाईकाे श्रमकाे मूल्याङ्कन हुने दिन रहेकाे छ ।

कुम्भ राशि -अाज दिन शुभ रहेको छ ।बाैद्दिक विकाश हाेला ।परिवारकाे साथ प्राप्त हाेला ।

मिन राशि आज काम विग्रन सक्छ ख्याल राख्नु होला । मानसिक विचलन वढ्ला । याेग , ध्यानलाई जाेड दिदा शुभ हाेला ।

वास्तु टिप्स –

घरमा बच्चाहरु विरामि भै राख्छन् ? पारीवारिक झमेला परिरहन्छ ? यदि त्यसाे हाे भने हप्तामा २ दिन नुन,सर्फ पानि गराएर घरकाे पाेछा लगाउनु वा लिपपाेत गर्नु जसले नेगेटिभ उर्जालाई फालेर सकारात्मक उर्जा बनाउन मद्दत गर्छ र पाररिवारीक समस्या विस्तारै हटेर जान् ।

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्