अध्यक्ष कप क्रीकेट प्रतियोगिता २०८१ सुरु, वडा न ११ र ७ को बिजयी सुरुवात




लक्ष्मण बस्नेत

दाङ तुलसीपुरको उरहरीमा आज देखि अन्तर वडा स्तरिय अध्यक्ष कप क्रीकेट प्रतियोगिता २०८१ सुरु भएको छ ।
तुलसिपुर उपमहानगरपालिका वडा न ११ को आयोजनामा संचालित प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै उपमेयर चौधरीले उपमहानगरले खेलकुद लाई हेर्ने र बुझ्ने दृष्टिकोण लाई अझ पराकिलो बनाउदै लैजाने बताउनु भएको छ ।

हामी खेलकुद आम नागरिकको पहुचमा हुनुपर्छ भन्ने ढंगले यसको बिकासमा लाग्छौ अबको खेलकुद ग्रामीण स्तर सम्म महसुस गर्ने खालको हुनेछ उहाँ ले भन्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब तिरण दाज गौतमले खेलकुद राष्ट्रको शान र पहिचान भएकाले यसको गरिमा लाई सदैव उच्च राख्नु पर्ने बताउनु भएको छ ।
आपसी भाईचार,एकताको सन्देश,राष्ट्रको समृद्धि र राजनितीको गाईड लाईन खेलकुद नै भएकाले राज्यका सबै तहले यसको बिकासमा फराकिलो दृष्टि लगाउनु पर्नेमा सदस्य सचिव गौतमले जोड दिनुभयो ।

साथै उहाँ ले अनुशासन, बिकास र गतिशीलता स्वस्थ जिवनशैलीको अंगका रुपमा लिन सके मात्र खेलकुदले सार्थकता पाउने स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सभापति तुलसिपुर उपमहानगरपालिका वडा न ११ का अध्यक्ष मान बहादुर रावतले वडा स्तरमा भएका खेलाडिको प्रतिभा पहिचान र बिकासमा टेवा पुर्‍याउने हाम्रो उदेश्य लाई यस प्रतियोगिताले सार्थकता प्रदान गर्ने बताउनु भयो । साथै उहाँ ले अब तुलसिपुर लाई खेलमय बनाउनु पर्छ भन्ने मान्यताका साथ छिट्टै तुलसिपुर नगरको एकीकृत खेल बिकास गर्न उपमहानगरले नगर खेलकुद बिकास बोर्ड गठन गर्ने तयारी भएको समेत उहाँ ले बताउनु भयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपी अनिल सिह ठकुरी,दाङ जिल्ला क्रीकेट संघका सदस्य संजोग गिरि,आधाभुत बिधालय कटाहका प्रधानाध्यापक टङ्क भण्डारी,सिदेश्वरी ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक सावित्रा चपाई वलि लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
वडा सदस्य तिलक राम थारुको स्वागत रहेको कार्यक्रमको संचालन वडा सचिब पदम भण्डारिले गर्नु भएको थियो ।

यसैबिच प्रतियोगिता अन्तरगत आज भएको खेलमा आयोजक तुलसिपुर उपमहानगरपालिका वडा ११ बिजयी भएको छ ।
वडा न १२ लाई उद्घाटन खेलमा ३ विकेटले पराजित गर्दै वडा न ११ ले बिजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको वडा १२ न वडा १० दशमलव ३ ओभरमा ३६ रन जोड्दै अलआउट भयो।
३७ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न खेल मैदान उत्रेको वडा न ११ ले ९ ओभरको समाप्तिमा आफ्ना ७ विकेटको क्षेतिमा सो लक्ष्य पूरा गरेको थियो ।

खेलमा डिजन मल्ल म्यान अफ द म्याच घोषित भए ।
यस्तै दोस्रो खेलमा वडा न १ लाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गर्दै वडा न ७ बिजयी भएको छ ।

युवा शसक्तिकरण र पहिचानका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिम लाई नगद २० हजार, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता अन्तरगत भोलि आईतवार हुने पहिलो खेलमा बिहान वडा न ३ र २८, त्यस्तै दिउँसो दोस्रो खेलमा वडा न ६ र ८ त्यस्तै तेस्रो खेलमा वडा न १७ र १५ भिड्नेछन् ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस्