तुलसीपुर १ का निवर्तमान वडा अध्यक्ष लक्ष्मण भण्डारीको  निधन



तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष लक्ष्मण भण्डारीको  निधन भएको छ । लामो समयदेखि कलेजो सम्बन्धि समस्याबाट पिडित भण्डारीको सोमबार (आज)५५ वर्षको उमेरमा बिहान साढे ५ बजेतिर घरमै निधन भएको हो ।

स्वर्गिय भण्डारीको अन्त्येष्टि आजै भमके खोलामा गरिने परिवारले जनाएको छ । उहाँको निधनले परिवार, स्थानीय समाज र राजनीतिक क्षेत्रमा शोक छाएको छ ।

तुलसीपुर उपमहानगरपालिका र स्थानीयले श्रद्धाञ्जलि व्यक्त गर्दै स्वर्गिय भण्डारीको योगदानको स्मरण गरेका छन् । नेकपा (एमाले) का सक्रिय नेता भण्डारी २०७४ सालको चुनावमा वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उहाँले आफ्नो कार्यकालमा वडाको विकास र व्यवस्थापनमा सक्रिय एक हाेनाहार नेताकाे रुपमा परिचित हुनुहुन्थ्यो  । उहाँका एक छोरा र एक छोरी  छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस्