सुपर लघुवित्तका सञ्चालक कारागार चलान



दाङको तुलसीपुर–५ नयाँ बसपार्कमा रहेको सुपर लघुवित्तका सञ्चालक ज्योति प्रसाद चौधरी कारागार चलान भएका छन् ।  साढे ३२ करोड रुपैंया भन्दा बढी रकम अपचलन गरेको अभियोगमा चौधरीलाई कारागार चलान गरिएको छ ।

२०८१ वैशाख ४ गते पक्राउ पूर्जी जारी भएपछि फरार रहेका चौधरी आइतबार  उच्च अदालत तुलसीपुरमा आत्मसमर्पण गरेका थिए । चौधरीमाथि ३२ करोड ५७ लाख रूपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार उनीहरूले नक्कली ऋणी खडा गरी २५ करोड २६ लाख रुपैयाँ हिनामिना गरेका थिए । सर्वसाधारणले जम्मा गरेको साढे ६  करोड रूपैयाँभन्दा बढी रकम समेत हिनामिना गरिएको बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमवार न्यायाधीश अर्जुनप्रसाद कोइराला र नरबहादुर खड्काको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्