
दंगीशरण गाउँपालिका वडा नं.५ ले न्यानाे कपडा वितरण गरेको छ । आज एक कार्यक्रमका बिच न्यानाे कपडा वितरण कार्यक्रम अन्तर्गत कम्बल वितरण गरिएको हाे ।
वडाकाे दलित लक्षित कार्यक्रम अन्तर्गत न्यानाे कपडा वितरण गरिएको वडा अध्यक्ष निरज बस्नेतले जानकारी दिनुभयो । वडामा रहेका विपन्न वर्गका ३५ जनालाई न्यानाे कपडा वितरण गरिएको उहाँले बताउनुभयो । याे कार्यक्रमले निम्न वर्गका नागरिकलाई केहि राहत पुगेकोले यी यस्ता नागरिकले चाहेकाे कार्यक्रम लाई आगामि वर्षमा पनि निरन्तरता दिने बताउनुभयो ।
जाडाेकाे समयमा आफनाे समस्यालाई मध्यनजर गर्दै वडाले कम्वल दिएकाे भन्दै खुसि भएका थिए ।
वडा अध्यक्ष निरज बस्नेतकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य भुम प्रशाद देवकाेटाले कार्यक्रम बारे जानकारी गराउनुभएकाे थियाे ।
वडा सदस्य शुमित्रा विककाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे शहजिकरण वडा सचिव प्रेम चाैधरीले गर्नु भएको थियाे ।

