आज माघ १३ गते आइतबारकाे राशिफल



आज २०८१ साल माघ १३ गते आइतबार । माघ कृष्ण पक्षको द्वादशी तिथि।  सन् २०२५ जनवरी २६ तारिख। विश्व कुष्टरोग दिवस। ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पारेकाे आजको राशिफल

मेष राशि – कार्य क्षेत्रमा श्रमको उचित मूल्याङ्कन मिल्नेछैन ।खुट्टा तान्नेहरु सलवलाउनेछ छन् ।पदिय मर्यादा राखेर कार्य गर्दा शुभ हुनेछ ।मानसिक दवाव वढेको महशुस होला ।आज दिन मध्यम फलदायि रहनेछ । मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।

बृष राशि – संगितमा मन जानेछ ।बन्धुबान्धवाको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।कुटनितिक सफलता मिल्नेछ । मन प्रसन्न हुनेछ ।स्वास्थ्यमा भने सजगता अपनाउनुहोला ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन् । आफन्त रसाथीभाईको सहयोग प्राप्त होला ।आटेका कार्यहरु पुरा हुनेछन् ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।दिनको उत्तरार्धमा स्वास्थमा खटपट हुन सक्छ ।

कर्कट राशि – आफ्नो ईच्छाअनुरुप समय व्यतित हुनेछ ।आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | आर्थिक लाभ हुनेछ ।पारिवारीक जमघटले मनमा आनन्द छाउला ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।विगतका निर्णयले पछुतो बनाउनेछ ।

सिंह राशि – आतमबलमा कमी आउनाले मनमा दुबीधा उत्पन्न होला ।नयाँ योजनाहरु कार्यान्वयमा ल्याउन कडा मेहनत गर्नु पर्नेछ ।खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला ।अनावश्यक खर्च वढ्नेछ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । अरुको कुरालाई महत्व दिएर कार्य गर्दा लाभ हुनेछ ।

कन्या राशि- रोकिएका कार्यहरु पूनः सुचारु हुनेछन् ।मनमा हर्ष छाउला । व्यक्तिगत् कार्यले तिब्रता पाउनेछ ।मित्रवाट सहयोग प्राप्त हुनेछ ।महत्वपूर्ण कार्यको थालनि हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।दैनिक कार्यमा सफलता मिल्नेछ । पेशा र व्यवसायमा आदर्श व्यक्तिसंगको सहकार्यले नयाँ अनुभव प्राप्त होला ।

तुला राशि – आज बिना प्रतिस्पर्धा नै फाईदा हुने समय छ ।सामाजीक कार्यमा सरिक भैएला ।बौद्दिक विकाश हुनेछ ।पारिवारीक सुख प्राप्त हुनेछ।मनमा उत्साह एवं बाणिको प्रभाव वढ्ने समय रहेको छ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।नयाँ जिम्वेवारी प्राप्त हुन सक्छ ।

बृश्चिक राशि – सांगीतिक क्षेत्रमा रुचि बढ्ला । पूनर्मिलनको योग रहेको छ ।आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ ।

धनु राशि – महत्वूर्ण कार्यमा व्यवधान आईपर्ला ।आर्थिक समस्या आउन सक्छ ।आईपर्न सक्छ सजग रहनुहोला । मनमा भय उत्पन्न हुनेछ ।सोचेअनुरुप काम बन्न मुस्किल होला । अपरिचित् व्यक्तिको विश्वासमा पर्न सकिनेछ ख्याल राख्नु होला ।उच्च शिक्षाको अवसर मिल्नेछ । प्रेम सम्वन्धमा बाधा उत्पन्न होला ।

मकर राशि – पपारिवारीक सुख एवं शान्ति प्राप्त हुनेछ। अधुरा कार्य पून: सुचारु हुनेछन् ।विगत्मा गरिएको कार्यवाट लाभ मिल्नेछ ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।मनमा शान्ति छाउला ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । दिनको उत्तरार्धमा खर्च बढ्नेछ ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ ।

कुम्भ राशि – जोशजाँगर र हिमत बढ्नेछ । धर्मकर्म तथा सामाजीक कार्यमा मन जानेछ ।दैनिक कार्यमा प्रगति हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ । कुनैपनि कुराले भ्रममा पार्न।सक्छ चनाखो हुनुहोला ।

मिन राशि – विश्वास गरेका व्यक्तिवाट पूर्ण सहयोग प्राप्त हुनेछ ।आज मनमा शान्ति मिल्नेछ ।उत्साह एवं उमङ्गमा दिन वित्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।मिष्ठान्न भोजन प्राप्त होला ।शुभकर्मको चर्चा चल्नेछ ।चिकित्सा क्षेत्र वा शिक्षा क्षेत्रमा चूनौति वढ्नेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्