“कक्षा कोठामा एक दिन” मन्त्री देखी अधिकारकर्मी सम्म शिक्षक बने



May be an image of 11 people, people studying and text

प्रतीनिधि सभा सदस्य पुर्व शिक्षा मन्त्री शिशिर खनालले तुलसीपुरको सामुदायीक विधालय मा.वि. प्रतापकोटमा पुगेर बिधार्थीहरुलाई बढाउँन सुरु गुर्नभयो । कक्षा कोठामा प्रवेश गरेपछि मन्त्री खनालले आफनो परिचय दिदै बिधार्थीहरुको परिचय लिन सुरु गर्नुभयो । पहाडको ठाउँ तुलसीपुर उपमहानगरपालीकाको विकट वडाको रुपमा परीचित प्रतापकोटमा बिधार्थीहरु कती टाढा बाट पढ्न आउँनुहुन्छ ? भन्ने प्रश्नमा बिधार्थीहरुले जवाफ दिए सर हामी त २ ,३ घण्टाको बाटो हिडेर पढ्न आउँछौँ । आउँदा बिहानै ७ बजे निस्किन्छौँ जादा साँझको रात पर्छ । प्रतापकोटमा बाटो मुख्य समस्याको रुपमा रहेकाले आफु यस बिषयमा सम्बन्धित निकाय समम पु¥याउँने आश्वासन दिनुभयो ।

मन्त्री खनालले विधार्थीहरुसंग छलफल गर्दै जादा अवको शिक्षा परिमार्जन हुन आवश्यक रहेको बताउँनुभयो । देश निर्माणमा अवको युवा पुस्ताको अहम भुमिका हुने भएकाले बिधालय तहको पाठ्क्रम सुधार गर्न जरुरी रहेको बताउँनुभयो । स्कुले विधार्थी जिवन बाट नै देशको निती,निर्माण र कानुनका विषयमा जानकार हुन जरुरी छ उँहाले भन्नुभयो । संबिधानका कुरा, देशको अर्थतन्त्रको विषयमा ज्ञान हासील गर्न जरुरी रहेकोले विधालयको पाठ्यक्रम समय अनुशार फेरीनुपर्ने बताउँनुभयो ।

मन्त्री खनालले बिधालयको भौतीक अवस्था, विधार्थीहरुले भोग्दै आएका समस्यालाई आफुले मनन गरेको भन्दै यस बिधालयको समग्र अवस्थालाई नँया रुप दिन आफुले सक्दो पहल गर्ने प्रतीबद्धता ब्यक्त गर्नुभयो ।

मन्त्री खनालले बाल्यकाल देखी मन्त्री सम्म आई पुग्दा धेरै समस्याहरु झेलेको स्मरण गर्दै पढ्ने समयमा दुःख भएपनि त्यसलाई सामान्य रुपमा लिन बिधार्थीहरुलाई आग्रह गर्नुभयो । हामी पढ्नुपर्छ ,दत्तचित्त भएर लाग्नुपर्छ अनी मात्र यो देशका लागि सच्चा नागरीक बन्न सक्छौँ भन्दै उहाँले आफना भोगाईहरु सुनाउँनुभयो ।मन्त्री खनालको पढाई बाट प्रभावित भएका बिधार्थीहरुले समय समयमा आफनो बिधालयमा आईदिन आग्रह गरेका थिए ।

May be an image of 1 person and text
वडा अध्यक्ष विर बहादुर वि.क.ले बिधार्थीहरु लाई उत्प्रेरणा थप्दै समाज सेवा कसरी गर्ने, कसरी सामाजीक काममा लाग्ने भन्ने विषयमा बढाउँनुभयो ।

May be an image of 10 people, people studying and text

तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मन बहादुर खड्का पनी बिधार्थीहरुलाई पढाउँनका लागि ८ कक्षामा प्रवेश गर्नुभयो । शिक्षक जहिले पनि हसीलो मुद्रामा कक्षा भित्र प्रवेश गर्नुपर्छ भन्ने सोचका साथ प्रवेश गर्नुभएका खड्कालाई देखेर बिधार्थीहरु पनि मुस्कान दिएर स्वागत गरे । केछ ? सञ्चै हुनुहुन्छ ? उहाँ बिधार्थीहरुलाई आफुतीर केन्द्रित गर्दै भन्नुभयो । कती मिठो मुस्कान दिएको । बिधार्थीहरु हासे । यसरी कक्षा कोठामा बिधार्थीहरुलाई किताव पल्टाएर नभई जिवन पल्टाएर पढाउँन सुरु गर्नुभयो । अहिले सम्म गरेका संघर्ष, जिवन भोगाई सुनाएर बिधार्थीहरुको आत्मवल बढाउँदै कक्षा सुरु गर्नुभयो ।

विधार्थीहरु कितावसंग मात्र होईन हरेक एक सक्षम ब्यक्तिको जिवनी सुनेर पनि पढ्न सक्छन् र आफनो जिवनको मार्गदर्शनको रुपमा ग्रहण गर्छन् । यसरी मन्त्री देखि जनप्रतीनिधि, शिक्षा अधिकारी, स्वास्थ्यकर्मी, प्राध्यापक, प्रहरी प्रसासन ,बैंककर्मी, अधिकारकर्मी, सामाजीक अभियान्ता, पत्रकार सम्मले शुक्रबारको एक दिन कक्षा कोठामा सहभागि भए ।

No description available.

तुलसीपुर उपमहानगपालीकाका मेयर टिकाराम खड्का जनज्योती मा.वि. रनीयापुरमा पुग्नुभयो । मेयर कसरी बन्ने ? बिधार्थीहरुको जिज्ञासामा मेयरले आफनो अनुभव सुनाउँनुभयो । उपमेयर स्यानी चौधरी अम्बीकेश्वरी मा.वी.अम्वापुरमा पुगेर बिधार्थीहरुसंग अनर्तक्रिया गर्नुभयो । यस्तै ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डे नवजागरण मा.वी. कुटेचौरमा पुगेर बिधार्थीहरुलाइृ सफल मान्छे कसरी बन्ने भन्ने विषयमा पढाउँनुभयो ।

एनआरएनएका पुर्व केन्द्रिय उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पद्मकन्या क्याम्पसका प्रोफेसर राजन पनेरु, तुलसीपुर प्रहरी प्रमुख ठाकुर प्रशाद पोख्रेल, शिक्षा शाखा प्रमुख चक्र भण्डारी, स्वास्थ्य शाखाका विमल के.सी.,मेट्रो कलेजका प्रमुख बसन्त आचार्य, बालअधिकारकर्मी नवराज लामीछाने, पत्रकार महासंघका सह सचिव दिप्तीशिखा चौधरी, महिला बालबालीका शाखाका माया श्रेष्ठ, तुलसीपुर उपमहानगरपालीकाका प्रेस सल्लाहकार गोकर्ण पौडेल, पत्रकार एकराज भण्डारी, लगाएत बिभीन्न क्षेत्रमा क्रियासिल रहेका ५० जना ब्यक्तिहरुले एक दिन कक्षा कोठामा सहभागि भएर विभीन्न सामुदायीक बिधालयहरुमा पुगेर बिधार्थीहरुलाई पढाए ।

May be an image of 8 people, people studying and text

No description available.

मन्त्री खनाललाई  ज्ञापन पत्र

यसैबिच मन्त्री शिशिर खनाललाई मा.वी. प्रतापकोटले ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा भौगोलीक विकटताका कारण बिधार्थीहरु बसाई सरेरदक्षीण तर्फ जाने दर तिव्र भएको, आर्थीक रुपले विपन्न बालबालिकाहरुको शैक्षीक र भौतीक सुधार गरिदिन माग गरिएको छ । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष लीलामणि बाँठा, प्रधानाध्यापक टेक प्रशाद भण्डारीले उक्त ज्ञापन पत्र बझाउँनुभएको हो ।

No description available.

May be an image of 1 person

“कक्षा कोठामा एक दिन” किन ?
टिच फर नेपालको आयोजनामा २०७५ साल बाट तुलसीपुर उपमहानगरपालीकाका केहि सामुदायीक विधालयहरुमा “कक्षा कोठामा एक दिन” कार्यक्रम शुरु भएको थियो । कार्यक्रमलाई निरन्तरता दिन र समाजका विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरु मार्फत् विद्यार्थीको ज्ञानको दायरा फराकिलो बनाउने उद्धेश्यका साथ अभियान शुरु भएको टिच फर नेपाल सचिवालय प्रमुख लोचन पौडेलले बताउँनुभयो  । कक्षाकोठामा एक दिन नाम दिईएको उक्त अभियान अन्र्तगत विभिन्न पेशा र क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुले  शुक्रवार तुलसीपुर उपमहानगरपालिकाका ९ वटा सामुदायीक बिधालयहरुमा पुगेर बिधार्थीहरुलाई पढाएका छन् । महानगरभित्रका समुदायीक विधालयहरु मा.वी. वालापुर, मा.वी. कालाखोला, मा.वी.कुटिचौर, सरस्वती मा.वी. दमारगाउँ, जनज्योती मा.वी. रनीयापुर, अम्वीकेश्वरी मा.वी. अम्वापुर, मा.वी दोघरे, मा.वी. भित्री सक्राम गरि ९ वटा बिधालयमा “कक्षा कोठामा एक दिन” कार्यक्रमको सुरुवात गरिएको हो ।

सामुदायिक शिक्षाको सुधामा क्रियाशिल संस्था टिच फर नेपालको संयोजनमा अभियान शुरु भएको हो । ग्रामिण भेगका विद्यार्थीमा भएको कम ज्ञानको दायरलाई विभिन्न पेशा र क्षेत्रका ब्यक्तिहरुको अनुभव मार्फत् थप पराकिलो बनाउन अभियान शुरु गरेको टिच फर नेपालका नेतृत्व विकास ब्यवस्थापक माधव प्रशाद देवकोटाले बताउनुभयो ।

आफ्नो गाउँ र वरिपरिको परिवेश बाहेक धेरै ज्ञान नहुँदा ग्रामिण भेगका धेरैजसो विद्यार्थीको जीवनको आंकाक्षा पनि सानो परिवेशमा सिमित देखिएकले यस कार्यक्रमले गुणस्तरीय शिक्षा दिनुका साथै पढाई संगै समग्र विकास गर्न, अशल ब्यक्ति बन्न प्रेरीत गर्ने भएकाले कार्यक्रम प्रभावकारी भएको देवकोटाको भनाई छ ।

अहिले सम्म तुलसीपुर उपमहानगरमा २२ सय देखि २३ सय बिधार्थी यसबाट लाभान्वित भएको देखिएको छ । सम्झाएर, बुझाएर, काउन्सीलींङ्ग गरेर र होम भिजीट गर्दा बिधार्थीहरु खुलेर बोल्न सक्ने, नजीक हुने, परीक्षामा राम्रो अंक प्राप्त गरेको र अभिभावकहरु पनि खुसी भएको यस शिक्षा बाट बिधार्थीहरुमा म केहि गर्न सक्छु, जस्तो सुकै काम पनि गर्न सक्छु, भन्ने आत्मवल बढेको पाईएको छ । उपमहानगर र शिक्षा महाशाखा संग सहकार्य गरेर काम गर्दा सामुदायीक बिधालयमा अध्ययनरत बालबालीकाहरुको शिक्षण सिकाई सुधारउन्मुख भएको देवकोटाले बताउँनुभयो ।

सामुदायीक बिधालयका ९० प्रतीशत बालबालीका अंग्रेजी विज्ञान र गणित विषयमा कम अंक प्राप्त गरि फेल हुन्छन् यसका लागि टिच फर नेपालले उत्कृष्ट हुने बिधार्थीहरुलाई भर्ती गर्ने र छनौट गरि कक्षा कोठा र समुदायमा प्रभाव पार्ने काम गरि शैक्षीक उपलब्धिमा प्रभाव पार्ने बसझाई प्राप्त गर्छन । हाल टिच फर नेपालले दाङ, पर्सा, धनुषा र सिन्धुपाल्चोक जिल्लाका ३२ बिधालयमा ९ हजार भन्दा बढि बालबालीकाहरुलाई सेवा दिईरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्