नेपाल पत्रकार महासंघ दाङ शाखाको ३१ औं स्थापना दिवस मनाएको छ । महासंघले आज बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवम् पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले देशका सबै संरचनालाई बलियो बनाउन सञ्चार क्षेत्रले खबरदारी गरिरहेको बताउनुभयो ।
‘सरकार सरकार जस्तो छैन, संसद संसद जस्तो छैटौं । अदालत अदालत जस्तो छैन् । त्यही भएर यि सबै क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन मिडियाको भूमिका बलियो हुनुपर्छ ।,लोकतान्त्रीक पद्धतीलाई बलियो बनाउन हामीले सक्नुपर्छ । मिडियाले त्यसको अभ्यास गरिरहेको छ । अहिले प्राप्त भएको संघियताको अनुभुती मिडिया क्षेत्रले गर्न पाइरहेको छैन् । मिडिया क्षेत्रमा संघियता लागु गर्न जरुरी छ । यसका लागी हामिले आवाज उठाईरहेका छौँ । उहाले बताउँनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, पत्रकार महासंघ शाखाका पुर्व अध्यक्ष तथा सल्लाहकार सुदिप गौतम, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्यहरू मधुसुदन वैद्य, अजयदिप शर्मा, नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, राष्ट्रिय जनमोर्चाका मनिराम खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोका, अग्रज पत्रकार टिकाराम रेग्मी, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, बसन्तविवश आचार्य, क्रियाशिल महिला पत्रकार लुम्बिनी प्रदेशकी अध्यक्ष लिला शाह, तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरी, दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसी, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, पत्रकार महासंघका पुर्व अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणी पाण्डे, समाजवादी प्रेस संगठन नेपाल दाङ शाखा अध्यक्ष सुर्य विसी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव प्रसाद शर्मा, प्रेस चौतारी नेपाल दाङका कार्यवाहक अध्यक्ष प्रेमबहादुर राम्जा, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगित बस्याल, एम्नेष्टी इन्टरनेशनलका अध्यक्ष विपिन बुढाथोकी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबीच दाङका अग्रज पत्रकार स्व खगराज लोहनीको स्मृतीमा क्रियाशिल महिला पत्रकारलाई पुरस्कार प्रदान गर्ने गरी उहाका छोरीहरु माया लोहनी, देवकी श्रेष्ठ, निर्मला लोहनी र विमला लोहनीले तीन लाख रुपैयाँको पुरस्कार अक्षयकोष स्थापना गर्नुभएको छ। शाखाको ३१ औंं स्थापना दिवसको अवसरमा सो अक्षयकोष स्थापना गरिएको हो । यो पत्रकार महासंघमा हालसम्म भएका अक्षयकोषमध्ये सबैभन्दा ठूलो राशीको पुरस्कार हो । साथै पत्रकार महिलालाई पुरस्कार दिनेगरी अक्षयकोष स्थापना भएको पनि यो पहिलो हो । बैंकमा जम्मा गरेको भौ
चर र सम्झौता पत्र हस्तान्तरण आदानप्रदान गरिएको थियो ।
त्यस्तै नेपाल पत्रकार महासघ दाङका सस्थापक टिकाराम रेग्मीले पनि आफुले स्थापना गरेको अक्षयकोषमा रकम थप गर्नुभएको छ । उहाँले अक्षयकोषका लागि थप ५० हजार रुपैया नेपाल पत्रकार महासघ दाङका अध्यक्ष दुर्गालाल केसीलाई हस्तानतरण गर्नुभएको हो ।
यस्तै कार्यक्रममा पत्रकार प्रेमबहादुर राम्जालाई सवारी दुर्घटनामा परेको र उपचारखर्च वाफत दश हजार रुपैयाँ प्रदान गरिएको थियो ।
सो अवसरमा पत्रकार महासंघको बैठकमा सबैभन्दा धेरै उपस्थित हुने कार्यसमिति सदस्य कुलदिप न्यौपाने, उदय विसी, विवेक खड्का र महिला सदस्य यमकला भुषाललाई सम्मान गरिएको थियो । भने महासंघको स्थापनादिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगीता, रक्तदान लगायतको कार्यमा सहभागी तथा उत्कृष्ठ हुनेहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।
पत्रकार महासंघकी उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष सुबेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सहसचिव दशरथ घिमिरेले गर्नुभएको थियो।