राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मोतीविन्दुको शल्यक्रिया (अपरेसन) सेवा सुरु भएको छ । यसै महिनादेखि मोतीविन्दुको शल्यक्रिया सुरु गरेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताउनुभयाे । उहाँले अहिलेसम्म पाँच जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयाे ।
यो सेवा सुचारु भएसँगै घोराही, देउखुरी, बङ्गलाचुली, तुलसीपुर, रुकुम, रोल्पा, प्युठान, सल्यान लगायतका नागरिकलाई सहज हुने सूचना अधिकारी भट्टराईले बताउनुभयाे ।
यस अघि घोराही उपमहानगरपालिका, बङ्गलाचुली गाउँपालिका लगायतका नागरिकहरू आँखाको शल्यक्रियाका लागि तुलसीपुर स्थित रक्षाचौर र लमही स्थित आँखा अस्पतालमा जानुपर्ने बाध्यता थियो ।
अबदेखि प्रतिष्ठानमा आँखा रोग विशेषज्ञ डा.सुरेश रसाइलीले नियमित रूपमा मोतीविन्दुको उपचारसँगै शल्यक्रिया हुने उहाँले जानकारी दिनुभयाे ।
यसैबिच आँखा रोग विशेषज्ञ डा.रसाइलीले आइतबार देखि मोतीविन्दुको शल्यक्रियाको सुरु गरेको बताउनुभयाे । उहाँले आफु गत पुस १ गतेदेखि प्रतिष्ठानमा आएकाे बताउनुभयाे ।
प्रष्तिष्ठानमा लामो समयदेखि आँखाको उपचार हुँदै आएको आए पनि शल्यक्रियाको सेवा भने भएको थिएन ।