तुलसीपुरको मोतिपुरमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
तुलसीपुर–४ का वडा अध्यक्ष तुलसी थापाका अनुसार आज दिउँसो ३ बजेतिर ट्रकले लु.प्र.०२००१ प् २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तुलसीपुर–७ घुसरीका जंघु चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
घोराही–तुलसीपुर सडकखण्डको मोतिपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
घटनापछि केहिबेर घोराही–तुलसीपुर अवरुद्ध भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएको उहाँले बताउनुभयो । घटनाबारे थप विवरण बाँकी छ ।
प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार