
दाङको तुलसीपुरमा एक नवजात शिशुको शव फेला परेको छ ।तुलसीपुर उपमहागरपालिका वडा नम्बर १४ को बेलन्ने डाँडा नजिकैको बबई नदि छेउको नर्सरीमा शव फेला परेको हाे । अन्दाजी ९ महिनाको नवजात शिशुको शब फेला परेको बताइएकाे छ ।
बुधबार दिउँसो नर्सरीमा गाडेको शब कुकुरले निकाल्दै गरेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
कुकुरले शिशुको एउटा हातसमेत खाइसकेको अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । शिशु कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रानाले बताउनुभयो ।
प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार

