तुलसीपुर उपमहानगरको नीति तथा कार्यक्रम सारांश – २०८२/८३



तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्थानीय उत्पादन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका बहुआयामिक क्षेत्रमा केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख टीकाराम खड्काले सो कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

कृषि र पशुपालन

  • ‘एक वडा, एक कृषि उत्पादन संकलन तथा प्रवद्र्धन केन्द्र’ स्थापना
  • वडास्तरीय हाटबजार सञ्चालन
  • बगर खेती र करार खेतीको प्रवद्र्धन
  • कृषि यान्त्रीकरणमा ५०% अनुदान
  • कृषि पकेट क्षेत्रको पहिचान र विस्तार
  • पशुसेवा केन्द्र (वडा ३, १४, १९) लाई प्रभावकारी बनाउने
  • निःशुल्क पशु खोप र सीप अभिवृद्धि कार्यक्रम

सहकारी र उद्यम

  • “सबल सहकारी, बढाउने छ रोजगारी” अभियान
  • एक सहकारी, एक उत्पादन नीति
  • घरेलु तथा साना उद्योग, प्याकेजिङ, भण्डारण र बजारीकरणमा प्रोत्साहन

पर्यटन प्रवर्द्धन

  • ‘एक वडा, एक पर्यटकीय स्थल’ अवधारणाअनुसार विकास
  • छिलिकोट, थरकोट, चमेरे गुफा, जन्तीढुङ्गा, गौरीगाउँ ताल, राप्ती शान्ति उद्यान जस्ता गन्तव्यको प्रवर्द्धन
  • सांस्कृतिक सम्पदाको संरक्षण र परम्परागत बाजा जस्तो कि तुलसी महिला नौमती बाजाको प्रवर्द्धन
  • पर्यटन गुरुयोजना निर्माण

शिक्षा

  • सबै बालबालिकाको विद्यालय भर्ना सुनिश्चित
  • किताबविहीन कक्षा र सीपमूलक कार्यक्रम सञ्चालन
  • खेलकुदमा मेयर कप, राष्ट्रपति रनिङ शिल्ड, वडा स्तरीय प्रतियोगिता

स्वास्थ्य

  • मेट्रो अस्पतालमा विशेषज्ञ सेवा विस्तार
  • अस्पताललाई स्वास्थ्य आपतकालीन केन्द्रको रूपमा विकास
  • ‘मेयर स्वास्थ्य मुटु अभियान’ लागू
  • किशोरी, आमा र युवती लक्षित यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम

महिला सशक्तिकरण

  • आर्थिक गतिविधिमा महिलाको सहभागिता प्रवर्द्धन
  • लैङ्गिक हिंसाविरुद्ध सचेतना अभियान
  • ‘स्मार्ट छोरी कार्यक्रम’लाई निरन्तरता

वातावरण संरक्षण

  • वरपीपल, सिमलजस्ता सार्वजनिक वृक्षहरूको संरक्षण
  • सार्वजनिक स्थानमा १ हजार वरपीपलका बिरुवा रोप्ने योजना

तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम बहुआयामिक विकासलाई लक्षित छ। यसमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र वातावरण संरक्षणलाई समेट्दै स्थानीय आवश्यकता अनुसारका रणनीति प्रस्तुत गरिएको छ।

 

प्रकाशित मिति : २०८२ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्