आगजनीपछिको अस्थायी व्यवस्थापछि तुलसीपुरमा राजस्व कार्यालय नयाँ भवनबाट सेवा सञ्चालन गर्न तयारी



गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले अब नयाँ भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

कार्यालय प्रमुख श्रीधर टण्डनका अनुसार कार्यालयले तुलसीपुर–६ मा रहेको त्रिसिद्धेश्वरी मन्दिरको धर्मशाला भवन भाडामा लिएको छ। आउँदो कार्तिक १७ गतेदेखि उक्त भवनबाट नियमित सेवा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

आगजनीपछि कार्यालयले सेवा प्रवाहमा निरन्तरता दिनका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घको सभाहलबाट अस्थायी रूपमा सेवा दिँदै आएको थियो।

कार्यालयका अनुसार नयाँ स्थानमा स्थानान्तरणपछि करदाताले सेवामा सहजता पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्