
दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा ‘दिदीबहिनी कलेक्सन’ नयाँ कपडा पसल संचाालनमा आएको छ।
रजाैराकाे स्टार बाेर्डिङ चाेकमा करिव १० लाख रुपैयाँको संयुक्त लगानीमा कपडा पसल संचालन गरिएको हो।
महिला अधिकारकर्मी सुष्मा लामिछाने गिरीले बजारदेखि तल्लो बेल्टका गाउँ बाट बजार सम्म पुग्ने महिलाहरु लाई लक्षित गरेर कपडा पसल खाेलिएकाे बताउनुभयो ।
उहाँले चैलाहि, गोलौरा, रझेना, कपडादेवी, बनगाउँ लगायतका गाउँ बाट आउने महिलाहरुकाे सहजताका लागि र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उदेश्य रहेको बताउनुभयो ।
अधिकारकर्मी गिरी सहित सुष्मा आचार्य, सुनिता लामिछाने र पुष्पा कार्कीको संयुक्त लगानी रहेको छ ।
आज बाट संचालनमा आएको पसलले स्थानीय महिलालाई लक्षित गर्दै सेवा दिन सुरु गरेको छ।
प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार

