तुलसीपुर कारागारबाट भागेका ७२ कैदी पक्राउ



 

जेनजी आन्दोलनका क्रममा भागेका दाङ तुलसीपुरका कैदीमध्ये ७२ जनालाई पक्राउ गरिएको छ।

कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालका अनुसार कारागार तोडफोड गरी भागेका २५३ जना कैदीमध्ये ७२ जना पक्राउ परेका हुन्। तीमध्ये केही आफैं सम्पर्कमा आएका छन् भने केहीलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका हुन्।

भाग्ने सबै पुरुष कैदी रहेका छन्। कारागारमा जम्मा ४६९ जना कैदीमध्ये महिला कैदी भने भागेका छैनन्। आन्दोलनको क्रममा कैदीहरूले आफैं कारागार तोडफोड गरी भागेका थिए।

सुरक्षाकर्मीहरूले रोकेर नियन्त्रणमा लिन खोज्दा समेत उनीहरू सेनाको हवाई फायर बीच भाग्न सफल भएको कारागार प्रमुख सेजुवालले बताउनुभयाे ।

 

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्