
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका सल्यान बागचौर नगरपालिका–८ गैरीगाउँका २२ वर्षीय मिलन बस्नेतलाई प्रहरीले घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ । बस्नेत जर्बजस्ती करणी अभियोगमा सजाय भोग्दै थिए ।
यस्तै, कास्की कारागारबाट फरार सल्यान कपुरकोट गाउँपालिका–३ लामीडाँडाका ३६ वर्षीय रोम सिजाली मगर पनि घरमै लुकेर बसेको अवस्थामा पक्राउ परेका छन् । उनी पनि जर्बजस्ती करणी अभियोगमै सजाय भोग्दै आएका थिए ।
दुई महिनायता फरार रहेका ५२ जना प्रतिवादीलाई समेत पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८२ कार्तिक ४ गते मङ्गलवार

