फागुन २१ को चुनावमा नयाँ मतपेटिका खरिद गर्न नपर्ने



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने भएको छ।

निर्वाचन आयोगका अनुसार अघिल्ला चुनावमा प्रयोग गरिएका मतपेटिका पुनः प्रयोग गर्न मिल्ने भएकाले नयाँ खरिदको आवश्यकता छैन।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार “मतपेटिका शतप्रतिशत अवस्थामा छन्।”

आयोगले चुनावका लागि साढे सात अर्ब रुपैयाँ अनुमानित खर्चसहितको बजेट तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ।

बजेट स्वीकृत भएपछि आवश्यक अन्य सामग्री खरिद प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्