लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शान्तिनगर–३ सिम्तारामा बालविवाह न्यूनिकरण सम्बन्धी सडक नाटक



लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बालविवाह न्यूनिकरणकाे सन्देशसहितको सडक नाटक बीपी कोईराला नमुना माध्यमिक विद्यालय, शान्तिनगर ३ सिम्तारामा सम्पन्न भएको छ।

शान्तिनगर गाउँपालिका, गाउँकार्यपालिकाको आयोजनामा तथा महिला पुनर्स्थापना केन्द्र (ओरेक) नेपाल, नेपाल महिला सामुदायिक सेवा केन्द्र, अपाङ्ग अधिकार एवम् समाज विकास संस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

“प्रविधिको सही सदुपयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ” र
“व्यवस्था मात्र होइन, सोचमा सुधार गरौँ: युवा–महिला नेतृत्व नै हो सामाजिक रूपान्तरणको अभियान” भन्ने मुख्य नारासहित कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले लैङ्गिक हिंसाको मूल कारणमध्ये बालविवाह प्रमुख रहेको भन्दै यसकाे न्यूनिकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। प्रस्तुत सडक नाटकले युवायुवतीलाई सही मार्गदर्शन रोज्न सिकाएको र परिवर्तनको शुरुवात आफ्नै व्यवहारबाट गर्नुपर्ने बताए ।

शान्तिनगर गाउँपालिका ३ का वडाध्यक्ष मीनबहादुर केसीले नाटकले देखाइएका मुद्दाहरू समाजमा हुने वास्तविक समस्या भएको उल्लेख गर्दै कानुनले बन्देज गरेका कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभयाे । साथै, समाजले नपचाउने कामकाजमा संलग्न नहुनचेतावनी  समेत दिनुभयाे ।

सो अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवराज मल्ल, सहायक प्राध्यापक डिलाराम खराललगायतले आफ्ना धारणा राखे।

कार्यक्रमको उद्देश्य ओरेककी पुजा विकले स्पष्ट पारेकी थिइन्।
कार्यक्रमको सहजीकरण शान्तिनगर गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शिखा पाण्डेले गर्नु भएकाे थियाे ।

सडक नाटक शक्ति युवा सञ्जालकी मुना विकको नेतृत्वमा प्रस्तुत गरिएको थियो। नाटक प्रस्तुत गर्ने टोलीलाई कदरपत्र वितरण गरिएको थियो।

१६ दिने अभियानअन्तर्गत ओरेक नेपालले तुलसीपुर, बबई, शान्तिनगर र दङ्गिशरणका विद्यालयमा समेत बालविवाह न्यूनिकरण सम्बन्धी सडक नाटकमार्फत् सचेतना कार्यक्रम सञ्चालन गर्दै आएकाे कार्यक्रम संयोजक कल्पना चौधरीले जानकारी दिनुभयाे ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्