
लक्ष्मण बस्नेत
नेशनल प्याब्सन बृहत् खेलकुद कार्यक्रम २०८२ आज देखि दाङको बेल्झुन्डिमा सुरु भएको छ ।
नेशनल प्याब्सन दाङको आयोजना बेल्झुन्डी रंगशालामा संचालित खेलकुद कार्यक्रमको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल ले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समरोह लाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्याल ले खेलकुद, बालबालिकाको सर्वाङ्गीण बिकासको बलियो आधार स्तम्भ भएको बताउनु भएकोछ ।
अनुशान, लगनशीलता,गतिशीलता संगै शारीरिक, मानसिक र संवेगात्मक बिकासमा खेलकुदको महत्त्वपूर्ण भुमिका छ यसर्थ यो बालबालिकाको सर्वाङ्गिन बिकासको बलियो आधार स्तम्भ हो उहाँ भन्नुभयो । यतिबेला देश अराजकता तर्फ उन्मुख छ, बालबालिका लागू औषध दुर्वेसनि जस्तो कुलतको दलदलमा फसिरहेको अवस्थामा बिधालयले बालबालिका लाई सुसूचित गर्नुपर्ने र खेलकुद लाई उच्च प्राथमिकता राख्नु पर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी नेशनल प्याब्सनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डागिले राष्ट्रको सान र गौरव संग जोडिएको मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद क्षेत्र लाई नेशनल प्याब्सनले शिक्षा जत्तिकै महत्त्व साथ अगाडि सारेको बताउनु भएकोछ ।
हामी शिक्षा र खेलकुद लाई संग संगै जोडेर बृहत खेलकुदका माध्यम बाट यसको उच्च आदर्शलाई बिधायल पुर्याउन सफल भएको उहाले बताउनु भयो । साथै उहाले यसलाई अझ फराकिलो बनाउदै लैजाने समेत बताउनुभयो ।
नेशनल प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद डागिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सशस्त्र प्रहरी बल तुलसिपुर बेस क्याम्पका प्रमुख डिएस्पी राम प्रसाद भन्डारी,नेशनल प्याब्सन तुलसिपुर नगर अध्यक्ष सुमन केसि, खेल पत्रकार लक्ष्मण बस्नेत लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा सहभागी बिधायलहरु बाट विभिन्न कला, संस्कृती झल्कने झाकी,तथा नृत्य प्रस्तुत गरिएको थियो ।
नेशनल दाङका अध्यक्ष शालिकराम कार्किको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेशनल प्याब्सनका जिल्ला सचिब छवि कुमार वलिले गर्नु भएको थियो ।
तीन दिन सम्म संचालन हुने बृहत् खेलकुद कार्यक्रममा एथलेटिक्स,भलिबल र फुटसल खेल बिधामा सहभागी बिधालयका छात्र/ छात्रा तर्फ कडा कडा प्रतिस्पर्धा हुनेछ ।
कार्यक्रमका बिजेता बिधालय तथा खेलाडी लाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।
कार्यक्रममा नेशनल प्याब्सनमा आवद्ध रहेका बिधालय मध्य २७ बिधालयको सहभागिता रहेकोछ ।
यसैबिच कार्यक्रमको आज पहिलो दिन एथलेटिक्स तर्फका खेलहरु भएका च्गन् भने भोलि सनिवार फुटसल, भलिबल,एथलेटिक्सका बिधामा प्रतिस्पर्धा हुनेछन् ।

