
दाङको तुलसीपुरमा आज शुक्रबारदेखि ‘प्रथम तुलसीपुर महोत्सव’ सुरु हुँदैछ । “औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले गर्नुहुनेछ । उद्घाटनअघि बिहान ११ बजे तुलसीपुर बसपार्कबाट झाँकी जुलुस निकालिनेछ ।
महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि ५० वटा किसान स्टल निःशुल्क उपलब्ध गराइनेछ । साथै, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न प्रतियोगिता र युवाका लागि बिजनेस आइडिया सेयरिङ कार्यक्रम समेत समावेश गरिएको छ ।
महोत्सव अवधिभर सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन तथा ड्रोनमार्फत निगरानी गरिने आयोजकले जनाएको छ । आयोजकले महोत्सवमा सहभागी भई अवलोकन गर्न सबैलाई आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८२ पुष ४ गते शुक्रवार

