
दाङको तुलसीपुरमा सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सव पशुपति शर्माको धमाकेदार प्रस्तुतिसँगै थप उल्लासमय बनेको छ । महोत्सवको पाँचौँ दिन चर्चित लोक गायक शर्माले आफ्ना लोकप्रिय गीतमार्फत चिसो मौसमलाई समेत चुनौती दिँदै दर्शकहरूलाई नचाएका छन् ।
हजारौँ दर्शकको उपस्थितिमा शर्माका मौलिक गीतहरूमा महोत्सव स्थल गुञ्जायमान बनेको थियो । मौलिक शैली र व्यङ्ग्यात्मक प्रस्तुतिका कारण सबै उमेर समूहका दर्शक आकर्षित भएका थिए ।
महोत्सवमा दर्शकको सहभागिता बढेसँगै स्थानीय व्यापार र उत्पादनको बजारीकरण समेत उत्साहजनक बन्दै गएको आयोजकले जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको महोत्सव १९ गतेसम्म चल्नेछ ।
महोत्सवमा भोलि चर्चित गायिका समिक्षा अधिकारीसहित अन्य कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार

