फागुन २१ प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन प्रहरी को भर्ना खुला



फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन प्रहरी  को भर्ना खुलाइएको छ। प्रहरी प्रधान कार्यालयले कुल १ लाख ३३ हजार ९८० जनाका लागि भर्ना खुला गरेको जनाएको छ।

निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक नेपाली नागरिकले भोलिदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि उम्मेदवारले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

पूर्वसुरक्षाकर्मी, यसअघि भएका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका, छिमेकी देशका सुरक्षा निकायमा सेवा गरी अवकाश पाएका तथा सुरक्षा निकायको शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका व्यक्तिलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ।

यसैगरी, फौजदारी कसुरमा सजाय भोगी नैतिक पतन भएको नहुनुपर्ने तथा कुनै पनि राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने शर्त पनि तोकिएको छ।

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्