
रसुवा–नुवाकोट विपद्का क्रममा दाङका थप चार जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ।
जिल्ला प्रशासन कार्यालय, दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–१४, ग्वारखोलाकी २५ वर्षीया सिर्जना थापा रसुवामा श्रमिकका रूपमा काम गर्दै आउनुभएको थियो।
यस्तै, राप्ती गाउँपालिका–४, मौरीघाटका ४५ वर्षीय रामबहादुर चौधरी रसुवा रोडमा मिस्त्रीको काम गर्दै आउनुभएको छ।
राप्ती गाउँपालिका–६, बगरापुरका २२ वर्षीय अनिल चौधरी रसुवामा घरको मिस्त्रीको काम गर्दै आउनुभएको छ भने गढवा गाउँपालिका–६, खबरीका ३१ वर्षीय ज्ञानु पुन रसुवामा डिब्बा गाडी चालकका रूपमा कार्यरत रहेको प्रशासनले जनाएको छ।
यी चार जनासहित रसुवा–नुवाकोट विपद्का क्रममा दाङका ४६ जना सम्पर्कविहीन भएका छन्। जसमा ४० जना पुरुष र ६ जना महिला रहेका छन्।
हालसम्म पाँच जना पुरुष सम्पर्कमा आएका छन् भने ४१ जनाको खोजी तथा उद्धार हुन बाँकी रहेको छ।
प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार

