पन्चकन्या मूलसमितीको चौथो वार्षिक साधारणसभा सम्पन्न



दंगीशरण गाउपालिका वडा नं ३ मा तीज मिलन, अट्वारी कार्यक्रम तथा चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

गठित पन्चकन्या मूलसमितीको आयोजनामा बिकास कोष नर्वेको आथिर्क सहयोग र समृद्ध समाजको सहजिकरण‌‌मा कार्यक्रम सम्पन्न भएको हाे ।

पन्चकन्या मूलसमितीको उपाध्यक्ष बिना चौधरीको अध्यक्षता तथा समृद्ध समाज दङ्गिशरणका अध्यक्ष दिलकुमारी वि कको प्रमुख आतिथ्यतामा र वडा सदस्य रामकली चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

साे अवसरमा प्रमुख अतिथि अध्यक्ष वि. क. ले सस्थाकाे गतिविधिलाई अझै पनि बढाउदै लग्नुपर्ने बताउनुभयो । सस्था मार्फत नै सामाजिक काम गरि राम्रो गाउँ , ठाउँ बनाउन सकिने बताउनुभयो । उहाँले महिलाहरु सामाजिक , आर्थिक, राजनीतिक रुपमा बलियाे हुनुपर्ने भन्दै सबै सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । प्रगति प्रतिवेदनलाइ अझै पनि नया याेजनाका साथ बढाउदै लग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ९ समुहका सदस्यह रु र वडाबासीको उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे शहजिकरण ईश्वर कंडेलले गर्नु भएको थियाे ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्