प्रेस सेन्टर तुलसीपुर शाखाको अध्यक्षमा टेकराज भण्डारी सर्वसम्मत चयन



प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा टेकराज भण्डारी सर्वसम्मत चयन गरिएको छ ।

यस्तै उपाध्यक्षमा विशाल परियार, सचिवमा रिता केसी, सहसचिवमा कृष्ण केसी र कोषाध्यक्षमा मन बहादुर बुढाथोकी चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा मंगलसिंह घर्ती, दामोदर केसी, निकिता बुढाथोकी, हुम बहादुर नेपाली, युवराज केसी र जितेन्द्र खड्का रहेका छन ।

प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाका उपाध्यक्ष दिपक बोहराको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धन बहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मास्कीले पत्रकारहरुले सधै निष्पक्ष र तथ्यमा आधारित भएर समाचार सम्प्रेशन गर्नु पर्ने बताउनु भएकाे थियाे ।

कार्यक्रमका विशिष्ट अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अजयदिप शार्मा, नेकपा माओवादी केन्द्रका सदस्य एवं तुलसीपुर उपमहानगरपालिकाका सह – इन्चार्ज प्रेमराज वली, प्रेस सेन्टर लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र वली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रेस सेन्टर दाङका जिल्ला सदस्य बिशाल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नेपाल दाङ शाखाका सदस्य दिपक केसीले गर्नु भएको थियाे ।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्