तुलसीपुर महोत्सवमा पशुपति र हाउडे मायाकाे प्रस्तुति, दर्शक छमछमी नाचे



तुलसीपुर महोत्सवको नवौँ दिनमा शुक्रबार आज पनि उत्तिकै भिडभाड थियाे । आज चर्चित लोकदोहोरी गायक पशुपति शर्मा , सिर्जना खत्री ” हाउडे माया” लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

महोत्सवमा गायक पशुपति शर्माले धमाकेदार प्रस्तुति दिएका छन्। चर्चित लोकगायक शर्माले “मुटुमै खेल बस्यो,” “मलाइ अमेरिका यही,” लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा माहोल झन् रोमाञ्चक बनेको थियो।

उनको प्रस्तुतिसँगै उपस्थित हजारौँ दर्शक उत्साहित बनेका थिए। शर्माले गीत गाउँदा दर्शकहरू सँगसँगै नाच्दै रमाइलो गरेका थिए।

यसैबीच, महोत्सवको सांस्कृतिक संयोजक सन्तोष खड्काले भोलि (शनिबार) दशौं दिनका लागि चर्चित गायक चक्र बमसहित अन्य कलाकारहरू आउने जानकारी दिएका छन्।

तुलसीपुरमा जारी यो महोत्सवले व्यापार प्रवर्द्धनका साथै स्थानीयवासीहरूलाई मनोरञ्जन प्रदान गर्दै आएको छ। आयोजकले बाँकी दिनहरूमा पनि चर्चित कलाकारहरूको प्रस्तुति रहने जानकारी दिएको छ।

महोत्सवका प्रत्येक दिन दर्शकहरूको उपस्थितिमा वृद्धि भइरहेको छ। स्थानीय व्यवसाय प्रवर्द्धन गर्दै मनोरञ्जनात्मक कार्यक्रमहरूसमेत समेटिएको महोत्सवमा विभिन्न स्टलहरू राखिएका छन्। आयोजकका अनुसार महोत्सवले तुलसीपुर र आसपासका क्षेत्रका नागरिकहरूलाई व्यापार प्रवर्द्धन, र सांस्कृतिक गतिविधिमा संलग्न गराएको छ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि महाेत्सव सञ्चालन  भएको हाे ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्