
नेकपा एमालेका केन्द्रीय सदस्य काेमल वलीले छाेरीहरुले धेरै पढ्नुपर्नेमा जाेड दिनुभएको छ । अखिल नेपाल महिला संघ तुलसीपुर नगर कमिटीले नारी दिवसका अवसरमा आज तुलसीपुरमा आयोजना गरेकाे अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बाेल्दै वलीले अबकाे समयमा शिक्षा बिना अगाडि बढ्न नसकिने स्पष्ट पार्नुभयाे । उहाँले हरेक छाेरी सक्षम हुनुपर्ने बताउनुभयो ।
कसैकाे भनसुनमा पदमा पुग्न त सकिएला तर त्यस पद र क्षेत्रलाई न्याय गर्नका सकिदैन , त्यसैले आफू सक्षम हुनका लागि कार्यक्रममा उपस्थित सम्पूर्णमा आग्रह गर्नुभयो ।
नगर कमिटीका अध्यक्ष लालमति भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै अनेम संघका केन्द्रीय सदस्य तुलसा केसीले जब महिलाहरू आर्थिक रूपमा सक्षम हुन्छन्, तब समाज नै समृद्ध बन्छ। जब महिलाहरू शिक्षित हुन्छन्, तब पुस्तौँ पुस्ताले उज्ज्वल भविष्य पाउँछ। त्यसैले, हामी सबै मिलेर महिलाहरूलाई सीपमूलक तालिम, आधुनिक कृषि प्रविधि, स्वरोजगारका अवसर, र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउनुपर्ने कुरामा जाेड दिनुभयो ।

नगर इञ्चार्ज गिता रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अनेम संघका केन्द्रीय सल्लाहकार विष्णु शर्मा ,संविधान सभा सदस्य शारदा स्वर्णाकार, लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा , नेकपा एमाले प्रदेश कमिटी सदस्यहरु सिमा न्याैपाने, विनाेद शर्मा , नेकपा एमालेका दाङका उपसचिव भुवनेश्वर पाैडेल,जिल्ला सदस्यहरु तुलसा पाेख्रेल, गंगा वलि,तुलसीपुर उपमहानगरपालिकाका पुर्व उपप्रमुख माया शर्मा , वर्तमान उपप्रमुख स्यानी चाैधरि, अनेम संघका जिल्ला अध्यक्ष लक्ष्मि शर्मा , क्षेत्रिय संयाेजक यमुना परियार , सचिव वसन्ता केसि, शुभलक्ष्मि आमा समुहका अध्यक्ष दिपा परियार , १३ नं वडाका वडा सदस्य बिमला शर्मा , प्रेस चाैतारि दाङका अध्यक्ष सुधासुमन ढकाल लगायतकाले बाेल्नु भएको थियोे ।

साे अवसरमा दुई जना श्रमिक महिलाहरु रामकलि नेपाली र चिन्ता नेपालीलाई र सांगीतिक कार्यक्रम प्रस्तुत गरे बापत कृष्णि केसि ,अनिता भण्डारी र लक्ष्मि परियारलाई सम्मान गरिएको थियो । कार्यक्रमकाे सहजिकरण नगर सचिव मेनुका पन्थीले गर्नुभएको थियोे ।

