
दाङ जिल्ला उधोग वाणिज्य संघले विहिवार घोराहीमा दिप प्रज्वलन गरेर उद्योग वाणिज्य दिवस मनाएको छ ।
संघका कार्यबाहक अध्यक्ष नरेशकुमार श्रेष्ठको अध्यक्षता एवं पुर्व अध्यक्ष भरतबहादुर बुढाथोकिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वक्ताहरुले व्यवसायीहरु दिनानुदिन संकटमा गईरहेको बताए। कर कार्यालयले कडाई गरेर थप दुःख दिएको भन्दै सम्पुर्ण व्यापारी व्यवसायी एक हुनु आजको आवश्यकता रहेको बताए ।
सो अबसरमा फेन्सी तथा रेडिमेट व्यवसायी अध्यक्ष निरञ्जन श्रेष्ठ, औषधी व्यवसायीका सुनिल रेग्मी, औषधि उपकरण तथा केमिकल व्यवसायी बालकुमार क्षेष्ठ, फोटो ग्राफर संघका दुर्गा प्रसाद चौधरी, मोवाईल व्यवसायी संघका उपाध्यक्ष भिमसेन डाँगी लगाएतले उपस्थिति रहेको थियो ।
संघका उपाध्यक्ष धुर्व कुमार गहतराजकाे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमकाे शहजिकरण संघका सदस्य सुरज बुढाथोकिले गर्नुभएको थियो ।

