
दाङको घोराही उपमहानगरपालिका–३, बरगदवा भानपुरमा ४ अर्ब रुपैयाँको लागतमा निर्माण भएको संजीवनी शिक्षण अस्पताल असोज ६ गते उद्घाटन हुने भएको छ ।
घटस्थापनाको अवसर पारेर शुभ साइत तथा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिने अस्पतालका सीईओ दीपक रोकाले जानकारी दिनुभयो ।
५०० शैयाको सुविधा सहित सञ्चालनमा आउने यस अस्पतालमा अत्याधुनिक उपकरण, आकस्मिक सेवा, शल्यक्रिया, मातृत्व तथा बाल स्वास्थ्य, एनआईसीयू, पिआइसियु, भेन्टिलेटर सहितको आइसीयू, एमआरआई, सीटी स्क्यान लगायतका सेवा उपलब्ध हुनेछन् ।
शिक्षण अस्पतालका रूपमा विकास हुने यस संस्थाले स्वास्थ्य सेवा मात्र नभई रोजगारी सिर्जना, स्वास्थ्य पर्यटन प्रवर्द्धन तथा अनुसन्धानमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार

