राप्ती साहित्य परिषद्को ४८ औँ स्थापना दिवसको तयारी पूरा




राप्ती साहित्य परिषद्को ४८ औँ स्थापना दिवसको तयारी पूरा भएको छ । यही वैशाख १९ र २० गते हुने ४८ औँ स्थापना दिवस तथा १५ औँ अधिवेशनको तयारी पूरा भएको आयोजक संस्थाले बताएको छ ।

आज बुधबार एक विज्ञप्ति जारी गरी परिषद्ले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । ‘परिषद्ले आफ्नो स्थापनाकालदेखि नै वार्षिक साहित्यिक समारोह विविध गतितिविधिका साथ गर्दै आएको छ । यस वर्ष यही २०८२ बैशाख १९ र २० गते २ दिन स्रष्टा सम्मान एवम् पुरस्कार वितरण र वार्षिक अधिवेशन सहितको साहित्यिक समारोह दाङ घोराहीमा गर्दै छ । जसको तयारी पूरा भइसकेको छ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यस वर्ष साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने २४ जना सिर्जनशील स्रष्टाहरूलाई र दाङ जिल्लामा क्रियाशील १ साहित्यिक संस्था र ३ जना अग्रज साहित्य सर्जकहरूलाई २०८१ को कदरपत्रसहित सम्मान गर्न थालिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्